आखिर माधब कुमार नेपालको चित्त किन दुख्यो त ?

काठमाडौं, साउन ३१ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डबीच सहमति जुटन लाग्दा बरिष्ठ नेता माधवकुमार नेपालले भनेचित्त दुखाउनु भएको छ ।

आफूहरुकोसाथ लिएर अध्यक्ष ओलीसँग फाइट टु फिनिसकोलडाई लडने बताए पनि अध्यक्ष प्रचण्डले गोप्य सहमति गरेर धोका दिएको भन्दै नेपालले आफू निकट नेताहरुसँग चित्त दुखाउनु भएको हो ।

‘हामीसँग मिलेर जाने कुरा छाडेर एकाएक प्रचण्डले प्रधानमन्त्रीसँग गोप्य सहमति गर्नुभएको छ, त्यही समहतिअनुसार झलनाथ खनाललाई छाडेर जनार्दन लिएर जानुभयो, कार्यदल गठन गर्ने सहमति गर्नुभयो, त्यो उहाँहरुबीच भएको सहमतिलाई बैधानिकता दिनका लागि मात्रै हो, यो धोका नै हो,’

आफूनिकट नेतासग नेपालको भनाई उधृत गर्दै नेपाल निकट एक नेताले जनताटाइम्ससँग भन्नुभयो । त्यसो त नेपालले सञ्चार माध्यममापनि यस्तै आशंकायुक्त अभिब्यक्ति दिनुभएको छ । बरिष्ठ नेता नेपाल नेकपाभित्र ओली र प्रचण्डबीच मिलन हुनै हुन्न भन्दै ओलीलाई जसरी पनि एक पद छाडन लगाउनै पर्ने योजनामा हुनुहुन्छ ।

महाधिवेशन अगावै ओलीलाई दुईमध्ये एक पदबाट हटाएर आफू जाने योजना उहाँको छ । नेता नेपालले आफूलाई नसोधी कार्यदलमा सदस्यहरु राखिएको भन्दै आपत्तिसमेत जनाउनुभएको छ ।