अदालतको आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने

अदालतको आदेशविरुद्ध एमाले पुनरावलोकनमा जाने


२९ जेठ, काठमाडौं । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने सर्वोच्च अदालतको आदेश विरुद्ध नेकपा एमाले पुनरावलोकनमा जाने भएको छ ।

दशौं महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका चार सांसदलाई निष्कासनको कारबाही गरेकामा बिहीबार सर्वोच्च अदालतले मान्य नहुने आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आफूहरु पुनरावलोकनमा जाने तयारी भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । ‘पुनरावलोकन जाने तयारी भइरहेको छ’, उनले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *