इटहरीका दुई आइसोलेसन सेन्टरलाई उद्योगपति घिमिरेको सहयोग

इटहरीका दुई आइसोलेसन सेन्टरलाई उद्योगपति घिमिरेको सहयोग


२५ जेठ, काठमाडौं । सुनसरीको इटहरीमा स्थापना गरिएका दुईवटा आइसोलेसन सेन्टरलाई एसजी अर्गनाइजेसले अक्सिजनसहितका स्वास्थ्य सामग्री प्रदान गरेको छ । इटहरीस्थित कोभिड रिलिफ एन्ड आइसोलेसन सेन्टरलाई मंगलबार अर्गनाइजेसनका अध्यक्ष शिव घिमिरेले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

अर्गनाइजेसनले ११ थान अक्सिजन ग्यास, अक्सिमिटर, ५०० थान सर्जिकल मास्क, रेगुलेटरसहितका स्वास्थ सामग्री प्रदान गरेको आइसोलेसन सेन्टरका संयोजक भीम पौडेलले जानकारी दिए ।

आइसोलेसन सेन्टरमा २६ जना कोरोना संक्रमित रहेका छन् ।

यस्तै उक्त अर्गनाइजेसनले इटहरी उपमहानगरपालिका कार्यालयलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले इटहरी रंगशालामा सञ्चालन गरेको आइसोलेसन सेन्टरका लागि उद्योगपति घिमिरेले नगर प्रमुख द्वारिकलाल चौधरीलाई अक्सिजनसहितका सामग्री हस्तान्तरण गरे ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *