लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ


५ जेठ, धनगढी । कञ्चनपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भिमदत्त नगरपालिका– ५ वनगाउँ बस्ने २६ वर्षीय नबिन भाट र सोही ठाउँका २० वर्षीय रोहित सुनार छन् ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको भिमदत्त नगरपालिका–५ मा बिक्री वितरण भइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता अमरबहादुर थापाले जानकारी दिए ।

उनीहरुको साथबाट एक दशमलव ९४ ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *