वरिष्ठ पुरातत्वविद् साफल्य अमात्यको निधन

वरिष्ठ पुरातत्वविद् साफल्य अमात्यको निधन


३१ वैशाख, काठमाडौं । वरिष्ठ पुरातत्वविद् एवं पुरातत्व विभागका पूर्व महानिर्देशक डा. साफल्य अमात्यको मृत्यु भएको छ । कोरोना संक्रमित अमात्यको बिहिबार काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।

मधुमेह र उच्च रक्तचापबाट पीडित अमात्य स्वास्थ्यमा समस्या देखिएपछि ३ दिनअघि काठमाडौंको वीर अस्पतालमा भर्ना भएका थिए । त्यहीँ उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतको बनारस हिन्दु विश्वविद्यालयबाट राष्ट्रिय अभिलेखमा विद्यावारिधि गरेका अमात्यले २०४० को दशकको मध्यतिर ३ वर्षसम्म पुरातत्व विभागको महानिर्देशकको रुपमा काम गरेका थिए । उनीसँगै केही समय काम गरेका अर्का पूर्व महानिर्देशक एवं नारायणहिटी दरबार संग्रहालयका प्रमुख भेषनारायण दाहाल मुलुकले एक अध्ययनशील, कुशल र सहयोगी विद्वान गुमाएको बताउँछन् ।

विभिन्न पुस्तक र लेखरचनामा कलम चलाइरहने उनी देशकै प्रतिष्ठित ऐतिहासिक अन्वेषकको रुपमा चिनिन्छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *