बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा सुदूरपश्चिमका ३० जना संक्रमितको मृत्यु


३१ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा, दार्चुला, बझाङ, अछाम र बाँकेका गरेर ३० जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा १२ जना, कञ्चनपुरमा ८ जना, डडेल्धुराका ३ जना, दार्चुलाका २ जना, अछामका २ जना, डोटी, बझाङ र बाँकेका १/१ जना संक्रमितको मृत्यु हो ।

यो सँगै प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय १७ पुगेको छ ।

यस्तै प्रदेशभर बितेको २४ घण्टामा ९ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट दुई हजार ६ जनाको नमूना परीक्षण गर्दा ९ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

शुक्रबार प्रदेशका विभिन्न जिल्लाका २ सय १३ जना संक्रमणमुक्त भएका निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *