प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु

प्रधानमन्त्री ओली र नेता नेपालबीच सिंहदरबारमा वार्ता सुरु


३१ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

वार्ताका लागि नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकण विष्ट र रघुजी पन्त सिंहदरबार पुगेका छन् । अध्यक्ष ओलीका तर्फबाट विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल पनि छलफलमा सहभागी भएका छन् । बिहीबार दिउँसो ओली र नेपालबीच भएको सहमति कार्यान्वयनबारे थप छलफल गर्न सिंहदरबारमा वार्ता सुरु भएको हो ।

ओलीसँग वार्तामा बस्नुअगाडि नेता नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठक बसेको थियो । बैठकमा नेता नेपालले ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए । आफू निकट केन्द्रीय सदस्यहरुलाई नेता नेपालले ओलीले पार्टीलाई २ जेठ २०७५ को अवस्थामा फर्काउन तयार भएको बताएका थिए ।

शुक्रबारको वार्ताबाट कार्यदल बनाउने लगायतबारे छलफल हुने तयारी छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *