रातो मच्छिन्द्रनाथको रथयात्रा जेठ १ गते, प्रतीकात्मक रुपमा मात्र तानिने

रातो मच्छिन्द्रनाथको रथयात्रा जेठ १ गते, प्रतीकात्मक रुपमा मात्र तानिने


२९ वैशाख, काठमाडौं । कोरोना महामारीका कारण यो वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा तानिने भएको छ ।

बुधबार बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई मध्यनजर राख्दै न्यून संख्यामा उपस्थित भएर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर प्रतीकात्मक रुपमा रथ तान्ने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर राखी यस पटकलाई रथारोहण भएको चौथो दिन अर्थात जेठ १ गते प्रतीकात्मक रुपमा रथ तानेर रथयात्रा सम्पन्न गरिने छ ।

जिल्ला सुरक्षा समितिको बैठकले जनस्वास्थ्य मापदण्डको अनिवार्य रुपमा पालना गरी सुरक्षा घेराभित्र रथयात्रालाई अनुशासित र मर्यादित रुपमा सम्पन्न गर्न सबै सुरक्षा निकायहरुले समन्वयात्मक कार्य गर्ने निर्णय भएको उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *