चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

चौलागाईँको निधनमा एमालेले तीन दिन पार्टीको झण्डा आधा झुकाउने


२९ वैशाख, काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्‍य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा तीन दिनसम्‍म पार्टीको झण्डा झुकाउने भएको छ ।

पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने र  तीन दिनसम्‍म शोक पुस्तिका राखिने जनाइएको छ ।

यस्तै पार्टी जिल्ला कार्यालयहरुमा पनि वैशाख २९ गतेदेखि तीनदिनसम्‍म पार्टीको झण्डा आधा झुकाउन समेत पार्टीले निर्देशन दिएको छ ।

कोरोना संक्रमणबाट मंलबार साँझ निधन  भउका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *