सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घट्यो

सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घट्यो


२९ वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्‍य भने स्थिर छ ।

मंगलबार ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्‍य ९१ हजार पाँच सय रुपैयाँमा झरेको छ ।

चाँदीको मूल्‍य भने प्रतितोला एक हजार तीन सय ४५ रुपैयाँमा स्थिर छ । देशका अधिकांश सहरमा निषेधाज्ञा भएका कारण सुनको कारोबार भने ठप्प रहेको महासंघले जनाएको छ ।

सामान्य अवस्थामा देशभर दैनिक ३५ किलो सुनको कारोबार हुने गर्दथ्यो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *