प्रधानमन्त्री विश्वासको मत माग्न संसद पुग्दा….

प्रधानमन्त्री विश्वासको मत माग्न संसद पुग्दा….


२७ वैशाख, काठमाडौं । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाइएको थियो । दिउँसो मतदान हुँदा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउन सकेनन् र उनी पदमुक्त भए ।

कोरोना महामारी तीव्र रुपमा फैलिएका बेला प्रधानमन्त्री ओलीले विश्वासको मत लिन संसद बैठक बोलाइएको थियो । संसद बैठक स्थलमा प्रवेश गर्ने क्रममा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको थियो ।

यसअघि नै पीसीआर परीक्षण गरी संक्रमित सांसदलाई संसद बैठकस्थलबाहिर त्रिपालमुनि राखिएको थियो । उनीहरुलाई मतदानका लागि पनि संसद बैठकस्थलभन्दा बाहिरको ल्होत्से हलमा व्यवस्था गरिएको थियो ।

हेर्नुहोस् तस्वीरहरु



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *