भेरीको विश्लेषणः पाँच गुणा जाँच हुँदा संक्रमण १९ गुणाले वृद्धि


कोरोना कहरको दोस्रो लहरमा हटस्पट बनेको बाँके नेपालगन्जस्थित भेरी अस्पतालले कोभिड-१९ परिक्षण, परिणाम र बिरामीको ट्रेन्डबारे विश्लेषण गरेको छ । भेरी अस्पतालले मंगलवार राती आफ्नो आधिकारिक फेसबुक पेजमार्फत विश्लेषण सार्वजनिक गरेको हो । सघन विश्लेषणले संक्रमणको अवस्थालाई गहिरो ढंगले उजागर गरेको छ । (हेर्नुस् ग्राफ)

भेरी अस्पतालका अनुसार, फागुन र चैतको महिनामा परिक्षणको संख्या सरदर समान रहे पनि चैतको महिनामा RTPCR मा संक्रमण पुष्टि हुने भने करीब ४ गुना बढेको देखिन्छ। चैत महिनाको र बैशाख २० सम्मको परिक्षण ट्रेन्ड तुलना गर्ने हो भने परिक्षण ८९२ बाट ५७३२ (करीब ५ गुना बढ्दा) पोजेटिभको संख्या भने १८९ बाट ३६४९ (१९ गुना बढी) पुगेको देखिन्छ।

चैत १ देखि बैशाख २० सम्म भेरी अस्पतालबाट नयाँ संक्रमित पहिचान भएको संख्या ३७९० रहेको छ । जबकि बैशाख १२ देखि २० मा मात्र १८४७ पहिचान भएको भेरी अस्पतालले जनाएको छ । यसरी संक्रणको doubling time पछिल्लो दिनमा आएर ८ दिन मात्र रहेको छ । भेरी अस्पतालले मंगलवार राती आफ्नो आधिकारिक फेसबुक पेजमा विश्लेषण प्रकाशित गर्दै भनेको छ, यसले संक्रमण कति तीब्र गतिमा फैलिरहेको छ भन्ने देखाउँछ । नयाँ संक्रमित पहिचानको प्रत्येक ७ दिनको औसत उच्च बिन्दु फागुनमा केवल ६.८ % थियो भने चैतमा महिनाको अन्तिम दिन ३४% रहेको थियो । जब कि बैशाख १ देखि त्यो उच्च बिन्दु अस्वाभाविक बढेको देखिन्छ ।

बैशाख १० मा ८०% मा पुगेको उक्त दर हाल ७१% मा रहेको छ । अस्पतालले गरेको परिक्षणमा पोजेटिभिटी % पनि देशको अन्य तथ्याङ्क भन्दा बढी रहेको छ । फागुन १ देखि बैशाख २० को बिचमा अस्पतालले राष्ट्रिय स्तरमा गरिएको कुल परिक्षणको १.६% मात्र टेस्ट गरेको देखिन्छ तर त्यसबाट देशभरिका नयाँ संक्रमितको मध्य ५.३५% पहिचान भएका छन् । अस्पतालको अंतरंगमा भर्ना हुने क्रम बैशाख यता निकै बढकेो देखिन्छ ।

भेरी अस्पतालले भनेको छ, निश्चित परिणाम सहित डिस्चार्ज भएका बिरामी (Sufferers with a particular end result) को संख्या फागुन महिनाभरमा २६ थियो, चैतमा १०० भने बैशाखको पहिलो २० दिनमै १७१ । मध्यम खाले लक्षण हुने बिरामीको अनुपात फागुनमा ७.७%, चैतमा ३५% थियो भने बैशाखमा यो ५९.७ % रहेको छ । भेरी अस्पतालले हालसम्म ६०७७५ RTPCR गरिसकेको छ जसमध्ये पोजेटिभको संख्या ९६६२ रहेको छ । यो संख्या कुल टेस्टको १५.८९ % हुन आउँछ, भेरी अस्पतालले सार्वजनिक गरेको विश्लेषणले देखाएको छ ।
(सबै ग्राफ भेरी अस्पताल)

कोरोना कहरः बाँकेमा थपिए ५२१ संक्रमित

The publish भेरीको विश्लेषणः पाँच गुणा जाँच हुँदा संक्रमण १९ गुणाले वृद्धि appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *