थुप्रै खेलाडीलाई कोरोना भएपछि आइपीएल अनिश्चितकालका लागि स्थगित, अष्ट्रेलियाका खेलाडी अलपत्र


काठमाडौ । थुप्रै खेलाडीलाई कोरोना भएपछि आइपीएल क्रिकेटको हालको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले एक बयानमा आइपीएल र बीसीसीआईका अधिकारीले एक आपतकालीन बैठक गरेर आइपीएलको हालको सत्रलाई तत्कालका लागि स्थागित गर्ने निर्णय लिएको जानकारी दिएको छ ।

आइपीएलका अध्यक्ष बृजेश पटेलले समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा बबलभित्र कोरोना पुष्टि भएका थुप्रै भेटिएपछि लीगलाई अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

बीसीसीआईका पूर्व उपाध्यक्ष राजिव शुक्लाले पनि समाचार एजेन्सी एएनआईसँग आइपीएलको हालको सत्र स्थगित गर्ने पुष्टि गरेका छन् । आइपीएलका लागि अष्ट्रेलियाका खेलाडी पनि भारतमा छन् । केही फर्किएका छन् भने केही अझै भारतमा छन् । यता अष्ट्रेलियाले भारतवाट आफ्ना नागरिकलाई पनि स्वदेश फर्कन अनुमति दिएको छैन ।

आफ्नै नागरिक पनि स्वदेश फर्किए ५ वर्ष सम्म जेल र ६० हजार डलर जरिवाना तोकेको छ । यो नियम आइपीएलका लागि भारत गएका खेलाडीमा पनि लागू हुने अष्ट्रेलियाले जनाएको छ । खेल स्थगित भएछि पनि स्वदेश फर्कन नपाएका अष्ट्रेलियाका खेलाडी भने समस्यामा पर्ने भएका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *