बढ्यो सुन-चाँदीको मूल्‍य

बढ्यो सुन-चाँदीको मूल्‍य


२० वैशाख, काठमाडौं । सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९० हजार रुपैयाँका कारोबार भएको छापावाल सुनको मूल्‍य सोमबार ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनको मूल्‍य सोमबार ८९ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको प्रतितोला मूल्‍यमा पनि पाँच रुपैयाँको वृद्धि भएको छ ।

आइतबार १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य सोमबार १३ रुपैयाँ प्रतितोला कायम भएको छ । निषेधाज्ञाका कारण देशैभरका प्रमुख शहरहरु बन्द हुँदा सुनको कारोबारमा भने भारी गिरावट आएको महासंघले जनाएको छ ।

सामान्य अवस्थामा दैनिक बजारमा ३५ किलो सुनको कारोबार हुने भएपनि अहिले कम मात्रामा सुनको कारोबार भइरहेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *