लुम्बिनी प्रदेशका आइसियू र भेन्टिलेटर भरिए, विरामीले पाउँन छाडे बेड


बाँके, ११ बैशाख ।

लुम्बिनी प्रदेशका सवै अस्पतालका आइसियू र भेन्टिलेटर भरिएका छन् । कोरोनाको संक्रमण समुदायस्तरसम्म फैलिएपछि यहाँका अस्पतालमा रहेका आइसियू र भेन्टिलेटर भरिएको अस्पतालले जनाएका छन् ।
अस्पतालका आइसियू र भेन्टिलेटर भरिएपछि सिकिस्त विरामीले समेत भर्ना पाउन सकेका छैनन् । नेपालगन्ज, कोहलपुर, बुटवल, तुल्सीपुर र घोराहीका सवै अस्पतालका आइसियू र भेन्टिलेटर भरिएपछि विरामीहरु उपचार नपाएर मृत्यूबरण गर्ने अवस्था सिर्जना भएको छ ।
दंगीशरण गाउँपालिका वडा नं. १ का पुष्कर चौधरीलाई निमोनिया भएर घोराहीस्थित गोर्खा अस्पतालमा भर्ना छन् । निमोनियाले ग्रस्त उनलाई अस्पतालले आइसियू र भेन्टिलेटर भएको अस्पतालमा लैजान सुझाव दिएको छ, तर कुनै अस्पतालले आइसियू र भेन्टिलेटर खाली नभएको बताए पछि उनलाई गोर्खा अस्पतालमै राखिएको वडा अध्यक्ष श्रीप्रसाद चौधरीले बताए ।
उनले आइसियू र भेन्टिलेटरका लागि भेरी, मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर, बुटवलको लुम्बिनी अस्पताल, तुल्सीपुरको राप्ती प्रादेशीक अस्पताल र घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग हारगुहार गरे । राजनीतिक दलका नेता, जनप्रतिनिधि, सांसदलाई समेत भनसुन गर्न लगाए, तर कुनै अस्पतालले आइसियू खाली नभएको जानकारी दिए । ‘सवै अस्पतालका प्रमुखसँग हारगुहार गरेँ । राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, प्रदेश र संघीय सांसदलाई समेत भनसुन गर्न लगाएँ, तर हाम्रो कुरा कसैले सुनेन,’ उनले भने, ‘अस्पतालमा आइसियू र भेन्टिलेटर खाली नभएर त छैन भनेका होलान ।’
पुष्करलाई कडा खालको निमोनिया भएकोले उनलाई पनि कोरोना भएको आशंका गरिएको छ । उनको स्वाब शनिवारमात्र दिएको वडा अध्यक्ष चौधरीले बताए । कोरोना रिपोर्ट नआउँदासम्म कोभिड अस्पतालमा भर्ना गर्न नमिल्ने भएकोले पनि समस्या भएको उनले बताए । आइसियूमा भर्ना गर्नका लागि अस्पतालले कोरोना रिपोर्ट नभएर हुँदैन भन्छन् । के गर्ने के नगर्ने अन्यौल छ ।’ उनले भने ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *