३ थान भरुवा बन्दुकसहित एकजना पक्राउ

३ थान भरुवा बन्दुकसहित एकजना पक्राउ


१९ वैशाख, सोलुखुम्बु । प्रहरीले ३ थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोताङ गाउँपालिका-१ का दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरी रहेका छन् ।

उनको साथबाट प्रहरीले ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान ब्याट्री बरामद गरेको छ ।

अन्य चारजनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *