राजकुमार बगर : जो लोकदोहोरी र आधुनिक दुवैमा चले

राजकुमार बगर : जो लोकदोहोरी र आधुनिक दुवैमा चले


उडेर जून छुन्छु भन्थेँ
तर आज पिंजडाको चरी भा’छ जीवन
जुगौंजुग जिउँछु भन्थेँ
तर आज आफ्नै काखमा मरिरा’छ जीवन,
मरिरा’छ जीवन…

दुई दशकअघि यो गीत नगुनगुनाउने कमै थिए होला । अहिले पनि संगीतप्रेमीका लागि कम रूचिको छैन यो गीत ।

रामभक्त जोजिजू पोखराबाट काठमाडौं आएका थिए । २०५५ सालमा रेडियो नेपालको वाषिर्कोत्सवमा यही गीत गाए । गीत लेखेका थिए,  राजकुमार बगरले । त्यसमा संगीत भरिदिएका थिए,  बी.बी अनुरागीले ।

गीतले गायन र शब्दमा प्रथम स्थान हासिल गर्यो । त्यसको अर्को वर्ष गीत रेकर्ड भएर सार्वजनिक भयो । सार्वजनिक हुनेबित्तिकै गीत संगीतप्रेमीको ओठओठमा गुञ्जिन थाल्यो । प्रेममा होस् कि करिअरमा, असफल हुनेहरूले सायद गीतभित्र आफ्नै कथा भेटे र रूचाइदिए ।

***

उक्त गीत सार्वजनिक भएको दुई दशकपछि अनलाइनखबरसँग कुरा गर्दै गीतकार तथा संगीतकार राजकुमार बगरले भने, ‘त्यो मेरो पहिलो गीत हो । तर, त्यसलाई मेरो सांगीतिक करिअरकै ‘माइलस्टोन’ मान्छु । आजपनि धेरैले यो गीतबाटै चिन्नुहुन्छ ।’

राजकुमारले त्यसपछि सयौं गीत सांगीतिक बजारमा दिए । दर्जनौं गीत स्रोता/दर्शकले रूचाए । तर, आफ्ना पि्रय गीतमध्ये पहिलो नम्बरमै उनी लिन्छन्, ‘उडेर जून छुन्छु भन्थेँ ।’

‘यो गीत आएपछि म गीत लेख्न सक्ने रहेछु भन्ने आँट भयो’, उनले सुनाए ।  गीतले भनेझैं उनले सांगीतिक क्षेत्रमा आफ्नो नाम देखे, भविष्य देखे ।

नारायण रायमाझीले भने- ‘अब काठमाडौं आउनुपर्छ’

राजकुमारले दुई रातमा तयार गरे, ‘आमा ! रातो सारी चुरा पोते किन नला’को’ गीतले राम्रो चर्चा पायो । राजकुमार भन्छन्- त्यो गीत पूर्वदेखि पश्चिमसम्म, काठे गीत चल्ने क्षेत्रदेखि तराईसम्म रूचाइयो । त्यसको क्यासेटमात्रै डेढ लाख बिक्री भएको थियो रे !

अध्ययनका लागि पोखरा बस्दा रचना गरेको गीत ‘उडेर जून छुन्छु भन्थेँ’ त चल्यो तर गीतकारलाई चल्न गाह्रो थियो । त्यहि भएर राजकुमार बिएड सकेपछि तनहुँको खर्पुमा शिक्षण पेशामा लागेका थिए । बुवा इण्डियन आर्मी, खानलाउनको त समस्या थिएन । त्यसमाथि छोराको घरपायकको जागिर, बाबुआमा पनि सन्तुष्ट थिए ।

‘ज्यान विद्यालयमा, मन गीत-संगीततिर थियो’ उनले स्मरण गरे, ‘काठमाडौं आउने मन त थियो तर कसरी आउने, कहाँ बस्ने ? के गर्ने ? तारतम्य मिलिरहेको थिएन् ।’ पहिलो गीत चलेपछि गायक तथा संगीतकार नारायण रायमाझीसँग राजकुमारको चिनजान भएको थियो ।

नारायणले भने, ‘तपाई तनहुँमा बसेर हुँदैन । अब काठमाडौं आउनुपर्छ ।’ त्यतिमात्र भनेनन् उनले आफ्नै स्टुडियो रिमा रेकर्डिङमा जागिरसम्म दिए ।

‘त्यति भएपछि मलाई के चाहियो, पढाउन छाडेर काठमाडौं आएँ’ राजकुमार सम्झन्छन्- घरपरिवार तथा साथीभाइबाट ‘मान्छे सरकारी जागिर खान मरिहत्ते गर्छन्, तलाईं घरपायकको यस्तो जागिर छोड्ने?’ भन्ने गुनासो सुन्नुपर्यो ।

‘आमा ! रातो सारी चुरा पोते किन नला’को’बाट व्यवसायिक यात्रा 

राजकुमार बगर नारायण रायमाझीको स्टुडियोमा काम गर्थे । संगीतकार भोजराज काफ्लेले छोरा दिनेश काफ्लेलाई गीत गाउन लगाउन चाहिरहेका थिए । नारायण रायमाझीले गीत लेख्नका लागि राजकुमारलाई भन्न सिफारिस गरे । भोजराजले ‘ड्वेट बनाऔं, आमाछोराको कथामा बनाऔ’ं भनेर ‘हिन्टस्’ दिए ।

राजकुमारले दुई रातमा तयार गरे, ‘आमा ! रातो सारी चुरा पोते किन नला’को’ । गीतले राम्रो चर्चा पायो । राजकुमार भन्छन्, ‘त्यो गीत पूर्वदेखि पश्चिमसम्म, काठे गीत चल्ने क्षेत्रदेखि तराईसम्म रूचाइयो । त्यसको क्यासेटमात्रै डेढ लाख बिक्री भएको थियो रे !’

त्यो गीतबाट राजकुमारले केही पारिश्रमिक पाए । अन्य गीत लेख्दै गए । लोकदोहोरीमा व्यवसायिक गीत लेखनको सुरुवात आफूले गरेको उनी दाबी गर्छन् ।

‘त्यो समयसम्म लोकदोहोरी लेखेर पारीश्रमिक पाउनुपर्छ, दिनुपर्छ भन्ने संस्कारै रहेनछ । त्यसपछि गीत लेख्नेलाई थोरै भए पनि पारिश्रमिक दिन थालियो’, उनले भने ।

‘मिर्मिरेको घाम’, ‘माफ गर भूल भए’, ‘माया नमार’ जस्ता राजकुमारका गीत एकपछि अर्को गर्दै बजारमा आए । र, चर्चा पाउँदै गए । उनले छोटो समयमै २०६२ सालमा आफ्नै ‘त्रिवेणी रेकर्डिङ स्टुडियो’ खोले ।

क्यासेटमा नयाँ प्रयोग

रेकर्ड भएका सबै गीत चर्चामा आउँदैनन् । गीत चर्चामा आए पनि गायक-गायिकालाई जस्तो गीतकारलाई धेरैले चिन्दैनन् । राजकुमार भने यसको अपवाद बने । उनको चर्चा कुनै गायक-गायिकाको भन्दा कम भएन ।

त्यतिबेलासम्म स्रोताले चिन्ने हिसाबले गायक-गायिकाको फोटोमात्र कभरमा आउँथ्यो । गीतकारको फोटो पछाडिपट्ट िराखिन्थ्यो, सानो फोटो अनि सानै अक्षरमा । ‘त्यतिबेलासम्म गायक-गायिकाको फोटोमात्र हाइलाइटमा आउँथ्यो’, उनले सम्भिmए, ‘मैले एल्बममा आफ्नै नाम, आफनै फोटोलाई हाइलाइटस गरेँ ।’

यसरी पहिलोपटक ल्याएको एल्बम थियो, ‘मिर्मिरेको घाम’ । सौभाग्य, राजु परियार र लक्ष्मी न्यौपानेको आवाजमा रहेको गीत राम्रो चल्यो । त्यसपछि उनले यो प्रयोगलाई निरन्तरता दिए ।

‘ईख’ले संगीतकार पनि

लोकदोहोरी गीतहरू ‘ब्याक टू ब्याक’ चलिरहेका थिए । उनले केही लोकदोहोरी गीतमा संगीत समेत दिएका थिए । तर, उनलाई संगीतकार भन्दा गीतकारकै रूपमा स्थापित हुनु थियो । तर, समयले उनलाई लेखिरहन मात्र दिएन ।

एकदिन निकै मिहिनेत गरेर गीत लेखे । एकजना संगीतकारकहाँ पुगे । उनले गीत मनपरेको बताउँदै कम्पोज गरेपछि सम्पर्क गर्ने बताए । मुम्बईमा रेकर्ड गर्ने योजना पनि सुनाए । तर पर्खाइमा चार वर्ष बित्यो । धेरै वर्षसम्म रेस्पान्स नआएपछि आफैं ‘ट्राई’ गर्नुपर्छ भन्ने राजकुमारलाई लाग्यो ।

यसपछि आफ्नै शब्द र संगीतमा उनको गीत रेकर्ड भयो, ‘तिम्लाई आफ्नो भन्ने मेरो अधिकार गुमेपछि ।’ अञ्जु पन्तको स्वरमा २०६८ सालमा यो वियोगान्त गीतलाई स्रोताले रूचाए ।  राजकुमार सुनाउँछन्, ‘डर लागको थियो, तर एकदमै राम्रो भयो । मेरो आत्मविश्वास पनि बढ्दै गयो ।’

त्यसपछि उनले अन्य थुप्रै आधुजिक गीतमा संगीत भर्ने अवसर पाए ।

लोकदोहोरी र सुगम संगीत दुवैमा राजकुमार

राजकुमारले झण्डै १३ सय गीत नेपाली संगीत बजारलाई दिइसकेका छन् । त्यसमध्ये दर्जनौं गीत जनजिब्रोमा झुण्डिएका छन् । चाहे त्यो लोकदोहोरी होस्, या  आधुनिक ।

‘उडेर जुन छुन्छु भन्थेँ’, ‘यता कुलो काट्दाखेरी’, ‘तिमीलाई आˆनो भन्ने मेरो’, ‘किन शंका गर्छौ मेरो’, ‘सुने खबर जीवनसाथी’, ‘तिमी छौ र पो हाँसेको छु म’ जस्ता आधुनिक गीत चले ।  ‘मिर्मिरेको घाम’, ‘मनको देउतैले’, ‘माफ गर भूल भए’, ‘मस्र्याङ्दीमा फूल बगाम् भो’, ‘र्फक मुग्लानी’ जस्ता लोकदोहोरी गीत रूचाइए । दुई दशकदेखि गीत लेख्न थालेका राजकुमारको जोश-जाँगर अहिले पनि उस्तै छ ।

एक दशक अगाडिसम्म लोकदोहोरी गीतमा बढी व्यस्त रहेका राजकुमार हिजोआज भने आधुनिकतिर बढी व्यस्त छन् ।  भने, ‘एउटा व्यापारीले जे बढी माग छ त्यही बढी बिक्री गर्छ भनेझैं मैले पनि सोहीअनुसार काम गरिरहेको छु ।’

एउटा गुनासो

राजकुमारले संगीतको ‘ट्रेन्ड’ केलाए- ‘अहिले युट्युब र स्टेजमा आश्रति हुनुपर्दा भ्यूज पाउने र स्टेजमा दर्शकलाई उचाल्ने खालका गीतहरू बन्ने क्रम बढ्यो । यसले कालजयी भन्दा उच्छृङ्खल गीत बढी आए ।’

राजकुमारका अनुसार सुरुवाती दिनमा गीतकारलाई पारिश्रमिक दिनुपर्छ-लिनुपर्छ भन्ने संस्कार थिएन । उनका अनुसार आधुनिक गीतमा अग्रजहरू गीत लेख्थे । उनीहरू राम्रो संगीतकारलाई मेरो गीत गाइदेऊ भन्थे । गीत त्यसै बाँड्ने चलन थियो । विस्तारै केही पारिश्रमिक दिने संस्कार बस्दै गयो ।

अहिले पनि गीतकारलाई खुलेर पारिश्रमिक दिने संस्कार नभएको राजकुमार गुनासो गर्छन् । ‘हिजोआज म्युजिक भिडियोमा लाखौं खर्चिनेहरू, मोडललाई बिना संकोच खर्च गर्नेहरू गीतकारलाई पारिश्रमिक दिन गाह्रो मान्छन्’, उनी सुनाउँछन् ।

गीत लेखेरमात्र जिविकोपार्जन गर्नेहरू अहिलेपनि निकै कम भएको र गीत मात्रै लेखेर बसेको भए आफू पनि नटिक्ने बताउँछन् ।

उनले आफू चल्नका लागि स्टुडियो खोले । कम्पोज गर्न थाले, त्यसैले केही सहज भयो ।

उनले हेर्दाहेर्दै अडियो-क्यासेटको जमाना गयो । सीआरबीटीको जमाना गयो ।  अहिले कलाकारको आम्दानीको स्रोत युट्युब र स्टेज कार्यक्रम भएको छ ।

युट्युबमा पनि १ सय गीतमा ९९ गीतहरूले लगानी उठाउन गाह्रो भइरहेको राजकुमारको बुझाइ छ ।

‘६० को दशक गीत-संगीतका लागि स्वर्णयुग थियो । आम्दानी पनि राम्रो थियो’ उनले संगीतको ‘ट्रेन्ड’ केलाए- ‘अहिले युट्युब र स्टेजमा आश्रति हुनुपर्दा भ्यूज पाउने र स्टेजमा दर्शकलाई उचाल्ने खालका गीतहरू बन्ने क्रम बढ्यो । यसले कालजयी भन्दा उच्छृङ्खल गीतहरू बढी आए ।’

कसरी फुर्छ गीत ?

‘गीत एक दिनमा लेखेको, एक हप्तामा सिर्जना गरेको भन्छन्,’ उनले भने ‘तर, गीत सिर्जनाको ठ्याक्कै समय हुँन्छ म भन्दिन् ।’ शब्द फुरेपछि, वा मनमा छोएपछि एकै बसाइमा गीत सिर्जना हुने उनले सुनाए ।

उनले आफ्नो चर्चित गीत ‘यता कुलो काट्दा..’को रचनागर्भ यसरी सुनाए-

गाउँमा हामी तीनजना घनिष्ठ साथी थियौं । ठूलो एकादशीमा दुलेगौंडा र दमौलीमा मेला लाग्छ । हामी प्रायः दुलेगौंडा जान्थ्यौं । थर्भु भन्ने स्थानमा झर्यौं । एउटा साथीले दुलेगौंडा जाऔं भने, अर्कोले दमौली । मलाई कता जाने भन्न थाले । मलाई आपत पर्यो । दमौली जाऔं भने एउटा रिसाउने, दुलेगौंडा जाऔ भने अर्को रिसाउने ।

एउटा त रिसाउने नै भयो भन्ने लाग्यो । मैले सोचेँ सबैको मन राख्न सकिँदैन रहेछ । जस्तो विवाह गरेर घरमा बुहारी आउँछ । घरमा खटपट पर्दा आमाको कुरा काट्यौं भने जन्म दिने आमाको कुरा कसरी काटौं । श्रीमतीको कुरा काटौं भने जीवनसाथीको कुरा कसरी काट्ने ।

कसको मन राख्ने ? यहि सोचबाट गीत बनाए, ‘यता कुलो काट्दाखेरी उताको खेत सुक्यो अरे ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *