९ वर्ष अघि बुहारी बनेर भित्रिएकी थिइन्, पेट दुखेर अस्पताल जाँदा खुल्यो उनी त पुरुष रैछन्, चिकित्सक पनि चकित्


एजेन्सी । संसारमा कहिलेकाँही अनौठो लाग्दा घटना सार्वज्निक हुन्छन् । प्रकृतिलाई नै चुनौती दिने यस्तो घटनाले हामीलाई अचम्म बनाउँछ । भारतमा एक अनौठो घटना सार्वजनिक भएको छ । विविसीले दिएको समाचार अनुसार एक महिला ३२ वर्षदेखि सामान्य जीवन बाँचिरहेकी थिइन् ।

उनको विवाह भएको ९ वर्ष बितिसकेको थियो र वैवाहिक जीवन पनि राम्रो चलिरहेको थियो तर अचानक उनलाई थाहा भयो कि उनी एक पुरुष हुन् र उनलाई टेस्टिक्यूलर क्या न्स र छ ।

भारतको पश्चिम बंगालमा बीरभूममा बस्ने यी महिला शारीरिक रुपमा त महिला हुन् तर आनुवंशिक रुपमा उनी पुरुषको रुपमा जन्मिएकी थिइन् । जब उनको स्थिती अस्पताल पुग्यो तब डाक्टर पनि चकित परे र उनीहरुले यो समस्याबारे थाहा पाउनका लागि एउटा लामो प्रक्रियाबाट गुज्रनु पर्यो ।

त्यसपछि थाहा भयो कि यी महिलालाई एन्ड्रोजन इन्सेन्सिटिभिटी सिन्ड्रोम छ जसमा व्यक्तिको शरीर महिलाको हुन्छ तर क्रोमोसोम पुरुषको हुन्छ ।

यी महिला केहि महिना अघि पेट दुख्ने समस्या लिएर नेताजी सुभाष चन्द्र बोस क्या न्स र अस्पताल गएकी थिइन् । उनको उपचार गर्ने डाक्टरले उनलाई कस्तो रोग लागेको छ भनेर बुझ्न सकेनन् ।

क्यान्सर अस्पतालमा कन्सल्टेन्ट क्लिनिकल अन्कोलोजिस्ट डाक्टर अनुपम दत्ता र कन्सल्टेन्ट सर्जिकल अन्कोलोजिस्ट डाक्छर सौमेन दासले उनको उपचार गरिरहेका थिए ।

डाक्टर अनुपम दत्ता भन्छिन्, ‘महिला अत्यधिक पेट दुख्ने समस्या लिएर अस्पताल आएकी थिइन् । जब उनको परीक्षण गरियो तब उनको पाठेघर र ओभरी नभएको थाहा भयो र पेटमा एउटा ट्युमरजस्तो देखियो । जब हामीले उनको बायोुप्सी निकाल्यौं तब थाहा भयो कि उनलाई से नि नो मा छ जुन पुरुषमा हुने टेस्टिक्यूलर क्याुन्स र हो ।’

टेस्टिक्यूलर अण्डकोषमा हुन्छ जुन पुरुषको मुख्य प्रजनन अङ्ग हो । तर यी महिलाको पेटमा नै यो अङ्ग पाइयो जसले अब ट्युमरको रुप लिइसकेको थयिो । यस्तो किन भयो, यसबारे पत्ता लगाउनका लागि महिलाको जीनको परीक्षण गरियो ।

डा। अनुपम भन्छन्, ‘हामीले उनको जीन परीक्षण गर्यौं जसमा क्रोमोसोमको विश्लेषण गरियो । यसमा पत्ता लाग्यो कि त्यसमा ४६ एक्सवाई क्रोमोसोम छ जुन पुरुषमा हुन्छ । महिलामा ४६ एक्सएक्स क्रोमोसोम र पुरुषमा एक्सवाई क्रोमोसोम पाइन्छ ।’

‘यसमार्फत् हामीलाई थाहा भयो कि महिला एक दुर्लभ रोग एन्ड्रोसन इन्सेन्सिटिभिटी सिन्ड्रोमबाट ग्र स्त छिन् । यद्यपि, उनी सामान्य जीवन बाँचिरहेकी छिन् र यो सिन्ड्रोमका कारण उनको वैवाहिक जीवनमा पनि कुनै असर परेको छैन ।’

The publish ९ वर्ष अघि बुहारी बनेर भित्रिएकी थिइन्, पेट दुखेर अस्पताल जाँदा खुल्यो उनी त पुरुष रैछन्, चिकित्सक पनि चकित् appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *