७ हजार जनाको परीक्षणमा ७२२ जनामा कोरोना संक्रमण

७ हजार जनाको परीक्षणमा ७२२ जनामा कोरोना संक्रमण


७ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७००० जनामा गरिएको परीक्षणमा ४१२ जना पुरुष र ३१० जना महिला गरी ७२२ जनामा कोरोना संक्रमण भएको हो ।योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७७२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १७९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३००, ललितपुरमा ४२ र भक्तपुरमा २३ जना संक्रमित थपिएका छन् । त्यस्तै मोरङमा ४०, चितवनमा ३७ र कास्कीमा ३१ जना संक्रमित फेला पारेका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *