७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ


३ फागुन, वीरगञ्ज । बारामा ७६ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । कोल्हवी नगरपालिका-८ बस्ने ३९ वर्षीय दलबहादुर लामा पक्राउ परेका हुन् ।

दलबहादुरले वृद्धालाई मकै बारीमा लगेर आइतबार बिहान जबरजस्ती करणी गरेको अभियोग लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

दलबहादुरविरूद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट पहिलो पटक ५ दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अघि बढाएको प्रहरीले जनाएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *