६४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा कोरोना संक्रमण पुष्टि

६४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा कोरोना संक्रमण पुष्टि


३० कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४७६ जनामा परीक्षण गर्दा १४७७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ९ हजार ७७६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २७९८ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या भने १ लाख ७३ हजार ४३० रहेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *