४ वर्षका बालकले ६० वर्षका हजुरवुवालाई स्ट्रेचरमा राखेर धकेल्दै अस्पताल लगे भिडियो बन्यो भाइरल


काठमाडौं । सामाजिक सञ्जामा एक ४ वर्षका बालकले विरामी राखेको स्ट्रेचर ध’के’लेको भिडियो भाइरल भएको छ । अस्पतालमा चार वर्षका बालकलाई यसरी स्ट्रेचर ध’के’ल्ने बाध्यता कनि भयो भनेर सर्वत्र चर्चा भएको छ । यो घटना भारतको उत्तर प्रदेश देवरिया जिल्लाको अस्पतालवाट सार्वजनिक भएको भिडियो हो ।

सो अस्पतालमा बिन्दु नाम गरेकी एक युवती आफ्नो बुवालाई दिनहुँ ड्रेसिगं गर्न लैजानु पर्ने थियो । उनले काउन्टरमा आधारकार्ड जम्मा गराएर स्ट्रेचरमा सहयोग गर्ने सहयोगीको माग गर्थिन । तर अस्पतालका कोही पनि कर्मचारी उनलाई सहयोग गर्न तयार हुन्थेनन् ।

कोरोनाकै बिच उनको बुवालाई अस्पताल लैजानु परेको थियो । स्ट्रेचर लैजान सहयोग माग्दा अस्पतालका कर्मचारीले पैसा माग्ने गरेका थिए । तर उनीसंग अस्पतालका कर्मचारीलाई दिने पैसा हुदैनथ्यो । त्यसैले उनी आफै सकि नसकी लिएर जान्थिन् । यो भिडियो १० जुलाई को हो ।

बिन्दुको बुवाको खुट्टा भाँ’चि’एको थियो । उनी मेडिकल स’र्जरीका लागि भर्ना गराइएका थिए । दिनहुँ ड्रेसिगंका लागि लैजानु पर्ने भएकाले उनले आफ्नो छोरालाई प्रयोग गरिन् । उनका छोरा ४ वर्षका मात्र थिए । यि साना बालक आफ्ना मामा घरको हजुरवुवालाई स्ट्रेचरमा राखेर आमालाई वार्डमा लैजान सहयोग गरिरहेका हुन् । अस्पतालका कर्मचारी सहयोग गर्न राजी नभएपछि आफ्नो ४ वर्षको छोरालाई काम लगाउनु परेको बिन्दुले बताएकी छन् ।

भारतीय सञ्चार माध्यमले सो भिडियो भाइरल भएपछि अस्पतालमै पुगेर विन्दु संग कुराकानी गरेको जनाएको छ । उनले आफ्नो नाम बिन्दु कुवर र छोराको नाम शिवम भएको बताएकी छन् । बुवा छेदीलाल यादव उनीहरु बरहज थानाको गौरा गाउँमा बस्ने गर्छन । उनका वुवाको उमेर ६० वर्षको छ । गाउँका केही स्थानियले कु’ट’पि’ट गरेर बुवाको यस्तो अवस्था बनाइदिएका हुन् ।

उनी जुलाई ४ देखि अस्पतालमा भर्ना गरिएका हुन् । अस्पतालका कर्मचारीले स्ट्रेचर ध’के’लेको ४० रुपैया माग्ने गरेका थिए । उनले आफुसंग पैसा नभएका कारण दिन नसकेको र अस्पतालका कर्मचारीले सहयोग नगरेको बताएकी छन् ।

यो अर्को समाचार, भारतमा २४ घण्टाभित्र करिब ३९ हजार सङ्क्रमित
भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोभिड–१९ पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ ।

योसँगै भारतमा कोभिड–१९ सङ्क्रमितको कूल सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको निधन भएसँगै यो कोरोनाका कारण भारतमा निधन हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।

भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस कोरोना पुष्टि भएको छ ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ रीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्ति सङ्क्रमित रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस कोरोना पुष्टि भएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ कोरोना पुष्टि भएको छ ।

The publish ४ वर्षका बालकले ६० वर्षका हजुरवुवालाई स्ट्रेचरमा राखेर धकेल्दै अस्पताल लगे भिडियो बन्यो भाइरल appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *