२९३१ नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि

२९३१ नमुना परीक्षण गर्दा ९७ जनामा कोरोना संक्रमण पुष्टि


७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा २ हजार ९३१ जनाको नमुना परीक्षण गर्दा ३१ जना महिला र ६६ जना पुरुष गरी कुल ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार २६३ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ६१९ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *