२५ ग्राम खैरो हिरोइनसहित युवक पक्राउ

२५ ग्राम खैरो हिरोइनसहित युवक पक्राउ


२२ चैत, झापा। प्रहरीले २५ ग्राम खैरो हिरोइनसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिका-२ सुकुनाडिगीका २८ वर्षीय संजय लामा रहेका छन् ।

प्रहरीले खानतलासी गर्दा लामाको साथबाट २५ ग्राम ५० मिलीग्राम ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थ र लागूऔषध नापतौल गर्न प्रयोग गरिने डिजिटल तराजु एकथान बरामद गरेको छ ।

उनलाई तत्कालै नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *