२० दिनसम्म घरमै रहीरह्यो एक महिलाको शव, बच्चासंग आत्मा फिर्ताकोलागी पुजारीले गरिरहे निरन्तर पूजा


एजेन्सी । तमिलनाडुको डिंडीगुलमा निकै नै मार्मिक घटना बाहीरिएको छ । जहाँ दुई बच्चाको आमाको मृत्यु भएको छ । आमाको मृत्यु भएपछि ती बच्चाहरुले आमाको आत्मा फर्किने आशमा रातदिन बिताईरहेका थिए । उनहरुले आमाको आत्मालाई भगवानले फिर्ता गरिदिनु हुन्छ भनेर पुजारीले भनेको हुनाले उनीहरुले पुजारीसंग आमाको आत्मा फिर्ताकोलागी २० दिनदेखि पूजा गरिरहे ।
जब कुरा बाहीरियो तब सबैलाई भावुक बनायो ।

इंदिरा नाम गरेकी ती महिला एक प्रहरी पनि हुन् । उनी कन्स्टेबलको रुपमा काम गर्ने गर्थिन् । ती महिलाले आफ्नो श्रीमान गुर्दोसंग सम्बन्ध राखेकी थिईनन् । केही वर्ष पहिला ती महिला आफ्नो दुई सन्तानलाई लिएर श्रीमानदेखि अलग भएकी थिईन् । उनको १३ वर्षको छोरा र ९ वर्षकी छोरी छन् । आफ्ना दुई सन्तानलाई मृतक इन्दिराले आफैले नै पालेकी थिईन् । खबरका अनुसार श्रीमानको कारण ती मृतक महिलाले केही समय पहिला मात्रै प्रहरी विभागमा स्वेच्छिक रिटायरमेन्ट लिएकी थिईन् ।

केही दिनदेखि उनी प्रहरी स्टेशन पनि नगएको उनका सहकर्मीहरु बताउँछन् । उनी कार्यालय नगएपछि उनको जानकारी लिनकोलागी प्रहरी उनको घरमा गएको थियो । जब प्रहरी उनको घरमा पुग्यो तब त्याहाँ उनका दुई सन्तान भेटिए । तर उनको घरमा गएका केही प्रहरीलाई भने उनको घरबाट सहनै नसक्ने गन्ध आईरहेको थियो । घरबाट गन्ध आएपछि एक जना महिला प्रहरीले उनका बच्चाहरुसंग इन्दिराको बारेमा सोधे । जब उनीहरुले सोधे तब ती बच्चाहरुले आमा सुतिरहेको बताए ।

बच्चाहरुले आमा नउठाउन अनुरोध गर्दै उठाईदिएमा भगवानले आमालाई सजाय दिने पनि बताए । बच्चाहरुको यस्तो कुराले उनको खोजीकोलागी घरमा गएका प्रहरीहरु नै चकित भए । बच्चाहरुको कुराले प्रहरीलाई शंका लागेपछि घरको खोज तलास गरियो । जब इन्दिराको बेडरुममा प्रहरीले जाँच गर्यो तब त्याहाँ इन्दिराको मृत शरिर प्रहरीले भेट्यो । पछिल्लो २० दिन पहिले नै इन्दिराको मृत्यु भएको रहेछ । प्रहरीले उनको मृत शरिरको वरीपरी पुजाको सामान भेटेपछि पुजरी सुदर्शनलाई उक्त विषयमा सोधपुछ गर्यो ।

पुजारी सुदर्शनका अनुसार बच्चाहरुले आमाको आत्मालाई भगवानले फिर्ता गरिदिन्छन् पूजा गरिदिनुस् भनेको हुनाले आफुले गरेको उनले बताए । प्रहरीले भने उक्त विषयमा पुजारी र उनको बहीनिलाई सोधपुछकालागी प्रहरी चौकिमा लगेको बताईएको छ । आमाको आत्मालाई भगवानले फिर्ता गरिदिन्छन् भन्ने आशामा गरिएको पूजा र बच्चाहरुको अवस्था देखेर प्रहरीहरु नै निकै नै भावुक भए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *