राजविराज । सामा—चकेवा उत्सवको अवसरमा भारतको राजधानी नयाँ दिल्लाीमा आयोजित अन्तराष्ट्रिय अनलाइन चित्रावली प्रतियोगितामा राजविराजकी रक्षा चौधरी द्वितिय स्थान हात पार्न सफल भएकी छिन् ।
वेव पोर्टल मिथलानी डट इन संस्थाले आयोजना गरेको अनलाइन प्रतियोगितामा सहभागि झण्डै ११ हजार प्रतियोगिलाई उछिन्दै चौधरीले द्वितिय स्थान प्राप्त गर्न सफल भएकी हुन् ।
प्रतियोगितामा भारत उत्तर प्रदेश बाराणसीकी नेहा झा प्रथम भएकी छिन् । यस्तै भारत बिहार राज्य समस्तीपुरकी कंचन झा, मध्यप्रदेश पुणेकी पूजा झा र दिल्लीकी अतिसी झा संयुक्त रुपमा तृतिय भएकी छिन् ।
चौधरीले उक्त प्रतियोगितामा सामा चकेवाको महत्व तथा यसले दिन खोजेको सन्देशसहितको फोटोग्राफी र भिडियो तयार गरी अनलाइन पठाएकी थिइन् । मिथिलाको लोकोत्सव सामा चकेवाको प्रचार प्रसार र संरक्षणका लागि प्रत्येक वर्ष सो संस्थाले अनलाईन चित्रावली प्रतियोगिताको आयोजना गर्दै आएको छ । राजधानी दैनिकमा यो समाचार छ ।