ॐ यस्तो ठाँउमा बाटो खन्दा फेला पर्‍यो यस्तो ऐतिहासिक मूर्ति…(भिडियो हेर्नुस)


काठमाडौ । काठमाडौ धार्मीक दृष्टिकोणले निकै महत्वपूर्ण ठाउँ हो । काठमाडौ उपत्यकाका तीनवटै जिल्लामा धार्मीक इतिहास जोडिएको छ । त्यसैले यहाँ उत्खननका क्रममा ऐतिहासिक बस्तु फेला पर्छन । हालै धुलिखेलमा केही समयअघि एउटा ऐतिहासिक मूर्ति फेला परेको छ । काभ्रेको धुलिखेल नगरपालिका९३, बतासे डाँडामा बाटो निर्माण गर्दा उक्त मूर्ति फेला परेको हो।

चंखुबेसी मार्ग निर्माणका लागि बाटो खन्ने, सम्याउने काम भइरहँदा उक्त मुर्ति फेला परेको हो । बाटोब नाउने क्रममा ढलान गर्न बाटो छेउमा राखिएको ढुंगा मा मुर्ती पनि थियो ।एक दिन एक स्थानीय त्यही बाटो हुँदै जाँदा वनदेवीथान नजिक एउटा अनौठो ढुंगा देखेपछि उनले अन्यलार्य पनि देखाए र अनुसन्धान गरे । धेरैको अनुमानवाट त्यो मुर्ती निकै पुरानो र ऐतिहासिक महत्व बोकेको हो भन्ने प्रष्ट भएको छ ।

मूर्तिको दायाँ हात छैन भने कम्मर मुनिको भाग छुट्टिएको छ। मूर्तिको पछाडि कलात्मक बुट्टा कोरिएको छ। स्वरूप हेर्दा विरुपाक्षको मूर्ति जस्तो देखिन्छ । तर अझै त्युका बारेमा स्पष्टक कुरा थाहा हुन सकेको छैन ।गाउँमा मूर्ति भेटिएपछि सुरूमा बाटोछेउ एउटा मन्दिर बनाउने भनिएको भएपनि निकै परानो मुर्ती भएका कारण त्यसको संरक्षणमा जोड दिइएको छ । मूर्ति धेरै पुरानो हुनसक्ने अनुमान गर्दै । संरक्षणका लागि उनीहरूले धुलिखेल नगरपालिकालाई हस्तान्तरण गरिएको छ । मेयर ब्याञ्जुका अनुसार उक्त मूर्तिबारे पूरातत्व विभागलाई जानकारी गराइएको छ

The put up ॐ यस्तो ठाँउमा बाटो खन्दा फेला पर्‍यो यस्तो ऐतिहासिक मूर्ति…(भिडियो हेर्नुस) appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *