हिमश्रृंखलाले हेर्ने आँगन

हिमश्रृंखलाले हेर्ने आँगन


कोभिडका कारण पदयात्रा तथा घुमाघाम त्यति सहज छैन । तै पनि छाटो तथा मध्यम दुरीमा रहेका पर्यटकीय गन्तव्यहरुमा जाने क्रम सुरु भएको छ ।

यस्तै गन्तव्यमध्ये एक हो, पत्ताले । सोलु दूधकुण्ड नगरपालिकामा पर्ने यो ठाउँ हिमश्रृंखला अवलोकन गर्ने गन्तव्य बनेको छ । सगरमाथा, गौरीशंकर, ल्होत्से लगायत हिमश्रृंखलाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।

काठमाडौंबाट ९/१० घण्टाको मोटर यात्रामा यहाँ पुग्न सकिन्छ । आन्तरिक पर्यटकको चहल पहल सुरु भएकाले खान र बस्नका खासै समस्या हुन्न ।

यद्यपि यो ठाउँको अझै उचित प्रचारप्रसार हुन नसकेको बताउँछन्, सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङबु शेर्पा ।

उनका अनुसार स्थानिय निकायको बजेटले भ्याएसम्म पूर्वधार विकासका कामहरु भइरहेका छन् । पत्ताले र पिकेडाँडालाई जोड्ने योजनाअनुसार काम भइरहेको उनले सुनाए ।

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *