हाब्रेको छालासहित दुईजना पक्राउ

हाब्रेको छालासहित दुईजना पक्राउ


२९ पुस, काठमाडौं । काठमाडौंको बसुन्धारा चोकबाट हाब्रेको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ नगरपालिका-१ का २५ वर्षीय जय भण्डारी र सोही ठाउँ बस्ने २१ वर्षीय जेनष सार्की रहेका छन् ।

अवैध रुपमा दुर्लव वन्यजन्तुको आखेटोपहार ( हाब्रेको छाला) ओसार पसार तथा बिक्री भइरहेको छ भन्ने सूचनाको आधारमा महानगरी प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले दुवैजनालाई काठमाडौं महानगरपालिका-३ बसुन्धारा चोकबाट मंगलबार राति नियन्त्रणमा लिएको महानगरी प्रहरी परीसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए ।

उनीहरुको साथबाट एक थान हाब्रेको छाला बरामद भएको उनले बताए । बरामद हाब्रेको छालासहित दुवै जनालाई जिल्ला डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *