स्वास्थ्य शिविरमा एक सय १० जना लाभान्वित (फोटोहरु)


बाँके, १० माघ ।

नेपालगन्जमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा एक सय १० जनाको स्वास्थ्य परीक्षण गरि निशुल्क औषधि प्रदान गरिएको छ । नेपालगन्जस्थित किन्नुराम काशीराम कशौधन वैश्य पञ्चायती धर्मशालामा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी, नसा तथा मुत्ररोग तथा जनरल रोग परीक्षण गरिएको कशौधन वैश्य समाज युवा मञ्चले जनाएको छ ।
शनिबार बिहान ११–४ बजेसम्म संचालन भएको शिविरमा कन्सल्टेन्ट फिजिसियन मुत्र तथा क्यान्सर रोग विशेषज्ञ डा. प्राविणकुमार गुप्ता र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. राहुल मिश्राले विरामीको स्वास्थ्य परीक्षण गरेको कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले जानकारी दिए ।
निशुल्क स्वास्थ्य शिविरबाट नेपालगन्जका एक सय १० जना लाभान्वित भएको कशौधन बैश्य समाज युवा मञ्चका अध्यक्ष आषिश गुप्ताले बताए । स्वास्थ्य परीक्षण गरिएका विरामीलाई औषधिसमेत दिइएको उनले बताए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *