सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको सीईओमा सुमन शर्मा नियुक्त


२८ माघ, काठमाडौं । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले बैंकर शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकिङ क्षेत्रमा ३ दशकल लामो अनुभन भएका शर्मा अनुभवी र कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी यस अघि माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका थिए । लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्र बैंकको सीईओमा पनि उनको नाम चर्चामा थियो ।

सनराइज बैंकको सीईओ जनकशर्मा पौड्यालले मंगलबारमात्रै पदबाट राजीनामा दिएका थिए । पौड्यालको राजीनामा स्वीकृत गर्दै शर्मालाई नयाँ सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकर शर्मासँग ग्लोबल आइएमइ बैंक, माछापुच्छ्रे , एनएमबि बैंक लगायतमा काम गरेको अनुभव छ । उनले बेंीकङ करियर भने नेपाल एसबिआइ बैंकबाट शुरु गरेका थिए ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *