संसद विघटनविरुद्ध विवेकशील साझाको प्रदर्शन

संसद विघटनविरुद्ध विवेकशील साझाको प्रदर्शन


१० पुस, काठमाडौं । संसद विघटनविरुद्ध विवेकशील साझा पार्टीले पनि माइतीघरमा प्रदर्शन गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक तरिकाले संसद विघटन गरेर अधिनायकवादी चरित्र देखाएको भन्दै विवेकशील साझा पार्टीले विरोध प्रदर्शन गरेको हो ।

विवेकशील साझा पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति संविधानको रक्षक कि भक्षक ? अधिनायकवादी चरित्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

आजै नेकपा प्रचण्ड–माधव नेपाल समूहले पनि संसद विघटनविरुद्ध माइतीघरमै प्रदर्शन गरेको थियो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *