श्रीमतीले पार्टी परिवर्तन गरेपछि यी नेताले गरे श्रीमतीसंग सम्बन्ध विच्छेदको घोषणा


श्रीमतीले पार्टी परिवर्तन गरेपछि एक नेताले उनलाई सम्बन्ध विच्छेदको घोषणा गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) का नेता एवं सांसद सौमित्र खानले पत्रकार सम्मेलन गरेरै आफ्नी पत्नी सुजता मण्डलसंग सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका हुन् । उनकी पत्नीले भाजपा छोडेर कांग्रेस पार्टी प्रवेश गरेकी छन् ।

आफुलाई लाखौं जनताले विश्वास गरेर मत दिएका कारण श्रीमतीले गरेको निर्णय स्वीकार गर्न नसक्ने उनको भनाई छ । सोमबार आयोजित पत्रकार सम्मेलन गरेर सांसद खानले भने, ‘सुजताले जुन निर्णय गरेकी छन्, त्यसमा मेरो असहमति छ, यहाँका हजारौंले मलाई भोट दिएका छन्, पार्टी (भाजपा) प्रति मेरो महत्वपूर्ण दायित्व छ। म भाजपाका लागि लड्छु।’

उनले अगाडि भनेका छन्, ‘तृणमूल कांग्रेसलाई पराजित गर्न म आफ्ना सबै कुरा त्याग गरेर भाजपाका लागि काम गर्छु। आजदेखि आमाबुबाबाहेक मेरा कोही छैनन्। आज (सोमबार) तिमीलाई म तलाक (सम्बन्ध विच्छेद) को निवेदन दिँदै छु। आजदेखि तिमीलाई म त्याग गर्दै छु।’

उनको यस्तो निर्णयको केही राजनीतिक दल र सामाजिक अभियन्ताहरुले भने विरोध गरेका छन् । श्रीमतीकै स्वतन्त्रताको ख्याल नगर्ने जनताको नेता हुन नसक्ने भन्दै विरोध गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार तृणमूल कांग्रेसले विरोध गर्दै भनेको छ,, ‘एक महिलाको घरबार बिगारेर तपाईं कस्तो राजनीति गरिरहनुभएको छ ?’

भाजपा नेता सौमित्र खानकी पत्नी सुजाता मण्डल खान सोमबार सांसद सौगत राय र पार्टी प्रवक्ता कुणाल घोषको उपस्थितिमा तृणमूल कांग्रेसमा प्रवेश गरेकी हुन्।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *