शुक्लाफाँटामा आँखै अगाडि मयूर नाचेपछि…!

शुक्लाफाँटामा आँखै अगाडि मयूर नाचेपछि…!


शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भन्ने बित्तिकै बाह्रसिंगेको बथानको दृश्य मानसपटलमा आएर बस्छ । मलाई दश वर्षअघि पहिलोपटक शुक्लाफाँटा पुग्ने मौका मिलेको थियो ।

त्यसपटक जेठको अन्तिमतिर पुगेको थिएँ । यसपटक शक्लाफाँटा पुग्दा चैत महिना थियो । शुक्लाफाँटा यो मेरो छैटौंपटकको यात्रा थियो । यसपटक शुक्लाफाँटा जाँदा वाइल्डवेष्ट नेपालका परिकल्पनाकार अमरबहादुर शाहीसँग जाने मौका मिलेको थियो । शाहीसँगको खप्तड यात्रापछि शुक्लाफाँट जाने अवसर जुरेको हो ।

खप्तड यात्रा सकाएर हामी धनगढी हँुदै शिवपुरी धामको दर्शन गरेर बास बस्नका लागि शुक्लाफाँटा राष्ट्रियन निकुञ्जसँगै रहेको शुक्लाफाँटा जंगल कटेज पुग्यौं । साँझ हुनु केही अगावै कटेज पुगेकाले आराम गर्नुभन्दा हामी एसियाकै लामो झोलुङ्गे पुलमा सूर्यास्तको दृश्य हेर्न गयौँ ।

धनगढी हुँदै शिवपुरी धामको दर्शन गरेर बास बस्नका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै रहेको शुक्लाफाँटा जगल कटेज पुग्यौं । साँझ हुनु केही अगावै कटेज पुगेकाले आराम गर्नुभन्दा हामी एसियाकै लामो झोलुङ्गे पुलमा सूर्यास्तको दृश्य हेर्न गयौं ।

पुलमा साँझपख घर फर्कने मानिसहरूको आवतजावत बाक्लो थियो । साँझ चाँदनी–दोधारा पुलबाट सूर्य अस्ताएको दृश्यपान गरेपछि हामी बासस्थान शुक्लाफाँटा कटेजमा फर्कियौं । साँझपख खप्तड यात्राको समीक्षा गर्दै खाना खाएर हामी भोलि बिहानै जंगल सफारी गर्ने तय गरेर निदायौं ।

बिहानको करिब ६ बजिसकेको थियो । सबै बिहानको खाजा खाएर जंगल सफारी जानका लागि तयार भइसकेका थियौं । जंगल सफारी जानुअघि गाइड कुम थाकुरले जंगलभित्र के गर्ने, के नगर्नेबारेको जानकारी हामीलाई दिए ।

जंगलभित्र अचानक जंगली जनावर नजिक आएमा के गर्ने भन्नेबारेको उपाय पनि उनले सुझाए । गाइड थाकुर भाइको कुरा सुनेपछि हामी दुईवटा जीपमा त्यहाँबाट शुक्लाफाँट राष्ट्रिय निकुञ्जका लागि रमाना भयौं ।

मैले जीवनमा पहिलोपटक जाँदा बाह्रसिंगेको बथान देखेको स्थान हो शुक्लाफाँटा । मैले शुक्लाफाँटामा बाघ, बँदेल, मृगदेखि मयुरसलाई आँखाले प्रत्यक्ष केही मिटरकै दूरीमा नियाल्ने मौका पाएको छु । त्यसैले लाग्छ शुक्लाफाँटा जीवजन्तुको एक खुला संग्रहालय हो ।

पहिलोपटक पुग्दा शुक्लाफाँट वन्यजन्तु आरक्षण भनिन्थ्यो, अहिले यसको परिचय राष्ट्रिय निकुन्जमा परिणत भएको छ ।

जीपमा हामी सवारी गर्दैगर्दा सुरुवातमै हामीलाई मयूरले नाचेर स्वागत गरे । जब मयूरहरू नाच्न थाले तब जीपमा सवार साथीहरु त्यो दृश्य हेर्न मयूरको नजिकै जान तम्सिए । केही समय मयूर नाचेको हेरेपछि हामी लाग्यौ बाह्रसिंगे अवलोकन गर्न फाँटतर्फ ।

केही समय जीपको सफारीपछि हामीले बाह्रसिंगेका छरिएर रहेका विभिन्न झुण्डहरु देख्यौं । मैले यसअघि आउँदा बाह्रसिंगेको झुण्ड, बाघ, स्याल, बँदेल लगायतका जनावरहरूको अवलोकन गर्ने अवसर पाइसकेको थिएँ । योपटक भने मयूर नाच हेर्ने मौका जुर्‍यो ।

जब मयूरहरु लहरै नाचेको दृश्य प्रत्यक्ष आँखा अगाडि देखियो । जीपमा सवार सुमन पोखरेलले भने– ‘यो दृश्य त विदेशी टेलिभिजन च्यालनमा देखिने वन्यजन्तुको संसारभन्दा कम छैन ।’

टिभीमा हेर्नु र आँखै अगाडि प्रत्यक्ष मयूर नाचेको हेर्नुमा निकै फरक अनुभूति भएको उनी सुनाउँदै थिए । सँगै रहेका गाइड कुम थाकुरले भने– ‘यो निकुन्जमा रहेका फाँटहरू एसियाकै ठूलो फाँटभित्र पर्दछन् ।’

जंगल सफारी सकाएर हामी कर्मथलो फर्कने दिन । हामी जंगल सफारी सकाएर दिउँसो १ बजे कटेजतर्फ फर्कियौं । केही समय कटेजमा बिताएर क्याप्टेन बेद उप्रेतीको एभिएसन संग्रहालयतर्फ लाग्यौं ।

कञ्चनपुरमा रहेको म्युजियम परिसरबाहिर स्ट्याचु अफ सिद्धनाथाबाबा, स्वीमिङ पुल, नौ धारा, हेलिकप्टर, सुदूरपश्चिमका पर्यटकीय स्थलहरूका हवाई चित्रहरु हे¥यौं । म्युजियमभित्र अप्स एण्ड डाउन, थ्रिडी र इलुजन सेक्सनहरू नियाल्यौं ।

खासगरी युवायुवतीलाई लक्षित गरेर बनाइएको यो म्युजियम धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताइन्छ । केही समय संग्रहालयमा बिताएर हामी धनगढी एयरपोर्टतर्फ लाग्यौं ।

यस्तो छ सुविधा

आगन्तुकहरूलाई लक्षित गरेर शुक्लाफाँटा क्षेत्रमा परमानन्द भण्डारीले शुक्लाफाँटा जंगल कटेज, चराविद् हेमसागर बरालको शुक्लाजंगल टेन्टेड क्याम्प र राना थारु समुदायको सामुदायिक होमस्टे सञ्चालनमा छन् । शुक्लाफाँटाबाट ७ किलोमिटर दूरीमा रहेको महेन्द्रनगर बजारमा डेढ दर्जन हाराहारीमा पर्यटकीय सुविधायुक्त होटल छन् ।

जब मयूरहरु लहरै नाचेको दृश्य प्रत्यक्ष आँखा अगाडि देखियो । जिपमा सवार सुमन पोखरेलले भने– ‘यो दृश्य त विदेशी टेलिभिजन च्यालनमा देखिने वन्यजन्तुको संसारभन्दा कम छैन ।’

शुक्लाफाँटाको विशेषता

शुक्लाफाँटा राजा–महाराजाको मनोरञ्जनका लागि २०२६ सालमा शिकार आरक्षका रुपमा स्थापना भएको थियो । २०३३ सालमा वन्यजन्तु आरक्ष हुँदै २०७३ सालमा यसलाई निकुञ्जको रूपमा परिणत गरियो ।

 

३०५ वर्गकिलोमिटर क्षेत्रफल भएको निकुञ्ज कञ्चनपुर जिल्लाका साथै दक्षिण–पश्चिम भारतीय सीमानामा अवस्थित छ । यो निकुन्ज बाह्रसिंगेको लागि प्रसिद्ध मानिन्छ । निकुन्जमा २ हजार ३०१ वटा बाह्रसिंगे रहेको निकुञ्जले जनाएको छ ।

त्यसैगरी २५ वटा जंगली हात्ती, १६ वटा एकसिङ्गे गैंडा, बाघ रहेका छन् । निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । सिसौ र खयरको जंगल र घाँसे मैदान यसको विशेषता हो । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंङ्गे, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् । रैथाने र बसाइँ सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् ।

कसरी पुग्ने

काठमाडौंदेखि धनगढीसम्म हवाई यात्रा । त्यसपछि जीपमा दुई घण्टामा आरामले पुग्न सकिन्छ शुक्लाफाँटामा । सार्वजनिक बसमा काठमाडौंबाट २४ घण्टाको यात्रा गरेर पुग्न सकिन्छ ।

 



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *