व्राह्मणहरुले प्याज नखानुको यस्तो छ कारण


काठमाडौ । व्राह्मणहरूले प्याज नखानुका पछाडि दुई कारण रहेका छन् । ती हुन् वैज्ञानिक र धार्मिक कारणहरु । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ । सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनमा शान्ति बनाइराख्छ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ ।

त्यस्तै तामसिक भोजनले क्रोध, अहंकार र विनाशजस्ता भाव पैदा गर्ने गरेको कुरा आयुर्वेदमा उल्लेख छ । प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । प्याज र लसुनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । त्यसले कामोत्तेजना बढाउँछ ।

व्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकी उनीहरू देवताको पूजा गर्दछन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ । सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खराब भावना पैदा गर्दछन् । उत्तेजना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्दछन् ।

काँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हानि पुर्‍याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा खराब भनेका छन् । लसुन प्याजले स्वास्थ्य बढाउँदछन् र यी प्राकृतिक एन्टीबायोटिक हुन् भन्ने मान्यता पनि छ ।

तर, अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनभने यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्तेजित पार्दछन् । आयुर्वेदले पनि यौनशक्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका व्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।(



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *