व्यवसायिक हुन सकेनन् खेल !, नेपालगन्जमा सुरु भो हाप्किडो


बाँकेमा अझै पनि व्यवसायिक रुपमा खेल अगाडि बढ्न सकेको छैन । बाँकेमा आठौं राष्ट्रिय खेलकुद पछि करोडौंका संरचना बनेपनि खेल क्षेत्रलाई त्यसले अपेक्षित गति भने दिन सकेको छैन ।

नेपालगन्जमा शनिबारदेखि राष्ट्रिय स्तरको हाप्किडो प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा देशका सातै प्रदेशबाट खेलाडीहरुको सहभागी रहेका छन् । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुको एउटै भनाइ थियो, ‘स्वास्थ्य र सुरक्षाका लागि खेल्दै आएका छौं ।’

कुनै पनि खेल स्वास्थ्य र सुरक्षाका लागि महत्वपूर्ण छ । तर, खेललाई जीवन नै बनाउन र त्यसैमा मात्र सीमित हुन आर्थिक रुपमा कठिनाइ हुने सहभागी खेलाडीहरु मात्र होइन हप्किडो प्रतियोगिता उद्घाटन कार्यक्रमका वक्ताहरुले बताएका थिए । ‘जुनसुकै खेल होस्, खेलेर मात्रै जीवन धान्न गाह्रो छ’, प्रतियोगितामा सहभागी खेलाडीहरुले दैनिक नेपालगन्जसँगको कुराकानीमा भने ।

खेलाडीको खेलमै भविष्य सुनिश्चित गर्ने खालका कार्यक्रम सरकारले ल्याउनु पर्ने सहभागी खेलाडी तथा वक्ताहरुको थियो । उनीहरुले अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताबाट उपाधी जित्नका लागि खेलाडीलाई आर्थिक रुपमा बलियो बनाउने तथा क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको व्यवस्था राज्यले गर्नुपर्ने धारणा राखेका थिए ।

‘खेलाडी प्रोत्साहन गर्ने नीति छ’

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले खेलाडी प्रोत्साहन गर्ने नीति प्रदेश सरकारको रहेको बताएका छन् । शनिबार नेपालगन्जमा हाप्किडो संघ बाँकेको आयोजना भएको राष्ट्रिय स्तरीय हाप्किडो प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री बरालले प्रदेश सरकारले प्रदेशका खेलाडीहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम अगाडि बढाएको बताएका हुन् ।
संघका बाँके अध्यक्ष बुद्धिराज बर्तौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मन्त्री बरालले खेलाडीहरुलाई आर्थिक रुपमा सपोर्ट गर्नका लागि प्रदेश सरकारले पुुरस्कार व्यवस्था गरेको तथा प्रतियोगिताहरुलाई सहयोग गर्दै आएको बताएका थिए । मन्त्री बरालले प्रदेश सरकारले खेल क्षेत्रको विकासका लागि यथासम्भव प्रयास गरिरहेको उल्लेख गर्दै भौतिक संरचना निर्माण, प्रतियोगिता आयोजनालाई प्राथमिकतामा राखेको बताएका थिए ।

कार्यक्रममा नेपाल मार्शल आर्ट हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीले गाउ“गाउ“मा खेल र एकताको मेल भन्ने कुरालाई जोड दिनु पर्ने धारणा राखेका थिए । उनले खेल तथा प्रतियोगिताहरु सहरमूखि भएको भन्दै गाउँमा पनि खेललाई प्रोत्साहित गर्नुपर्ने कुरामा जोड दिएका थिए । मन्त्री बरालले नेपालगन्ज रंगशालामा रहेको भौतिक पूर्वाधारहरुको अवलोकन गरी अवस्थाबारे जानकारी समेत लिएका थिए ।

The submit व्यवसायिक हुन सकेनन् खेल !, नेपालगन्जमा सुरु भो हाप्किडो appeared first on Nepalgunj News.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *