विवाह मण्डपबाटै बेहुलासहित पुरोहित पक्राउ

विवाह मण्डपबाटै बेहुलासहित पुरोहित पक्राउ


१ पुस, रौतहट । रौतहटमा बाल विवाह गराएको आरोपमा पुरोहितसहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बालविवाह गराउने पुरोहित कपिलदेव चौबे, बेहुला मुकेश गिरी, बेहुलाका बुबा रामसागर गिरी, काका रामाशेष गिरी, बेहुलीकी आमा लक्ष्मी गिरी र काकी गीता गिरी रहेका छन् ।

रौतहटको गरुडा नगरपालिका-५ शिवनगर मन्दिरमा भइरहेको विवाहमा हस्तक्षेप गरी प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । इशनाथ नगरपालिका-३ औरैयाका पुरोहित चौबेसहित बेहुला र बेहुली दुवै पक्षकालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

१५ वर्षीया बालिकाको २४ वर्षका युवकसँग विवाह गराउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए ।

धनसम्पतीको प्रलोभनमा पारी बालिकाको विवाह भइरहेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको उपरिक्षक शाहले बताए ।

पक्राउ परेकाहरुलाई बालविवाह सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

फरक क्षमता (बहिरा) युवकसँग १५ वर्षीया बालिकाको विवाह भइरहेको बेला उनीहरुलाई मन्दिरबाट पक्राउ गरिएको हो ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *