विवाह गर्दा गर्दै दुलहीले यस्तो गर्दा सबै जना परे चकित पुरा पढ्नुहोस।

हामीले हाम्रो समाज,गाउघरमा तय भएका विवाह तोडिएका कैयौं घटनाहरु देखेका छौं होला । विभिन्न कारणहरुले बिहे तोडिएका घटनाहरु समय समयमा आइरहन्छन।  यस्तैमा भारतको तेलंगनामा एउटा निकै रोचक तथा अचम्मको घटना घटेको छ । त्यहाँ  बिहे चलिरहेका बेला मण्डपमा बसेकी बेहुलीले आफ्ना पूर्वप्रेमीलाई देखेपछि बिहे गर्न अस्वीकार गर्दै मण्डल छाडेर हिँडेकी थिइन्  ।

आजतकको समाचार अनुसार घटना तेलंगनाको वानापार्टी जिल्लाको चारलापल्ली गाउँको हो । बेहुली विवाहको मण्डपमा बसेकी थिइन् । विवाहको कार्यक्रम चलिरहेको थियो । जब बेहुलाले मंगलसूत्र लगाइदिनै थालेका थिए त्यही बेला बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलीले आफ्नो बिहे कार्यक्रम चलिरहेका बेहुलासँग बिहे गर्न नचाहेको बताइन् ।जानकारीका अनुसार बिहे चलिरहेका बेला बेहुलीले आफ्ना पूर्वप्रेमी पनि त्यिहाँ आएको देखेकी थिइन् ।

त्यसपछि बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बिहेमा आएका आफन्तले उनलाई आवेशमा फैसला नगर्न भने तर बेहुली आफ्नो फैसलाबाट पछि हटिनन् ।

आफन्तहरुको दबाब देखेपछि बेहुली मण्डपबाटै उठेर हिँडिन् ।बेहुलीका परिवारका अनुसार उनका पूर्वप्रेमी विवाहस्थलमा देखिएका थिए जसलाई देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी थिइन् । केही मानिसहरुका अनुसार परिवारले उनलाई समात्न प्रयास गरेका थिए तर उनीहरु सफल हुन सकेनन् । परिवारले बेहुलीका प्रेमीलाई विवाह तोडिदिएको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *