विभिन्न अभियोगमा पक्राउ परेका १२ जना एकैदिन सार्वजनिक


बाँके, १८ कात्तिक ।
बाँके प्रहरीले विभिन्न आरोपमा पक्राउ परेका १२ जनालाई पत्रकार माझ मंगलवार सार्वजनिक गरेको छ । फरक फरक समयमा विभिन्न आरोपमा पक्राउ परेका १२ जनालाई बाँके प्रहरीले आफ्नै कार्यालयमा सार्वजनिक गरेको हो ।
विभिन्न आरोपमा पक्राउ परेका ब्यक्तिलाई सार्वजनिक गरिए पनि ठूलो रकमसहित पक्राउ परेका जुवाडेलाई भने प्रहरीले मंगलवार पनि सार्वजनिक गर्न सकेन । जुवा खालबाट पक्राउ परेकालाई मुद्दा नचलाउन दवाव आएपछि प्रहरीले उनीहरुलाई सार्वजनिक नगरेको आरोप लागेको छ ।
रेडपाण्डाको छालासहित पक्राउ परेका चारजना सार्वजनिक
बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई मंगलवार पक्राउ गरेको छ । कोहलपुर नगरपाकिका–११ बसपार्कस्थिल न्यू राप्ती होटलको कोठा नं. ४ मा बसेर रेडपाण्डाको छालाको कारोवार गरिरहेका चार जनालाई पक्राउ गरि प्रहरीले मंगलवार सार्वजनिक गरेको छ ।
रेडपाण्डाको छालाको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले १८ कात्तिक विहान ९ बजेको समयमा रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
होटलमा खानतलासी गर्दा बराहताल गाउँपालिका–५, सुर्खेतका गणेश नेपाली, सोही ठाउँका लालबहादुर नेपाली, चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, दैलेखका दिनेश कार्की र सोही ठाउँका उमेशबहादुर थापालाई पक्राउ गरिएको उनले बताए । उनीहरु बसेको कोठोमा रहेको निलो झोलाभित्र रहेको दुई फिट दुई इन्च लम्बाई भएको दुर्लभ बन्यजन्यु रेडपाण्डाको एक छाला थान बरामद गरेको एसपी रानाले बताए ।
पक्राउ परेका चारै जनालाई बाँके प्रहरीले मंगलवार पत्रकार माझ सार्वजनिक गरेको छ ।
झुक्याएर एककरोड ८९ लाख लिने तीन जना पक्राउ
झुठो विवरण दिएर झुक्याउन खोज्ने तीन जनालाई पक्राउ गरि बाँके प्रहरीले जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरेको छ । जिल्ला दाङ घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेलाई झुक्याएर एक करोड ८९ लाख ५० हजार रुपैँया लिई ठगी गर्ने नौमुले गाउँपालिका–४ दैलेखका धनबहादुर रोका, कुमाख गाउँपालिका–५ सल्यानका कृष्ण शाह र शारदा नगरपालिका–९ सल्यानका डिल्लीबहादुर बोहरालाई बाँके प्रहरीले १५ कात्तिकमा पक्राउ गरेको हो ।
उनीहरुलाई जाहेरवालाबाट लिएको रकमसहित नेपालगन्ज उपमहानगरपालिका–१ बाट ४० लाख रुपैँया सहित पक्राउ गरि बाँके प्रहरी प्रमुख एसपी रानाले बताए ।
उनीहरुले घिमिरेलाई आफूहरुसंग बहुमुल्य नागमणी भएको र उक्त नागमणी आफ्नोसाथमा राख्दा ब्यापार ब्यसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घर परिवारमा सुःख, शान्ति, समृद्धि हुने भन्दै एक करोड ८९ लाख ५० हजार रुपैँया मागेका थिए ।
तीन किलो अफिमसहित एक जना पक्राउ
तीन किलो अफिम सहित पक्राउ परेका एक जनालाई बाँके प्रहरीले मंगलवार सार्वजनिक गरेको छ । सानोभेरी गाउँपालिका–८, रुकुम पश्चिमका २७ बर्षिय चन्द्रप्रकाश ओलीलाई बाँके प्रहरीले आफ्नो कार्यालयमा पत्रकारमाझ सार्वजनिक गरेको हो ।
उनलाई १५ कात्तिकमा राप्तीसोनारी गाउँपालिका–१, शिवखोला नजिकबाट पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद रानाले जानकारी दिए । उनले कुसुम नाका हुँदै केही मानिसले लागुऔषध अफिम नेपालगन्ज तर्फ ल्याइरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले चेकजाँच गर्दा ओलीले पछाडी बोकेको कालो खैरो रंगको झोला भित्र कालो प्लाष्टिकले बेरेको तीन किलोग्राम लागुऔषध (अफिम) फेला पारेको बताए ।
पक्राउ परेका ओलीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा राखिएको छ ।
ब्राउनसुगरसहित पक्राउ परेका पनि मंगलवार सार्वजनिक
बाँके प्रहरीले २२ ब्राउनसुगर सहित १७ कात्तिकमा पक्राउ गरेको थप पाँच जनालाई पनि मंगलवार सार्वजनिक गरेको छ । उक्त दिन जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका–१३, किसान इट्टाभट्टा नजिक लागुऔषध ब्राउनसुगरको कारोबार गरिरहेका रुपइडिहा सांकेतनगर भारतका राकेशकुमार सोनी, सोही ठाउँका जुगेन्द्र सोनी, खजुरा गाउँपालिका–३, बी गाँउका बिण्णु थापा क्षेत्री, नेपालगन्ज उपमहनागरपालिका–२, घरबारी टोलका सागर थापालाई निन्त्रणमा लिएको थियो ।
उनीहरुको साथमा रहेका राकेशकुमार सोनीले पाइन्टको दाहिने खल्तीमा राखेको २० ग्राम, विष्णु थापा क्षेत्रीले लगाएको बाँया जुत्ता भित्र राखेको २ ग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *