वाग्मतीमा अनुसन्धानस्थलमा खटिने प्रहरीलाई ज्याकेट

वाग्मतीमा अनुसन्धानस्थलमा खटिने प्रहरीलाई ज्याकेट


१६ चैत, काठमाडौं । वाग्मती प्रदेश प्रहरी कार्यालयले अनुसन्धानस्थलमा खटिने प्रहरी कर्मचारीलाई ज्याकेट र टोपी दिएको छ ।

अपराध अनुसन्धानसँग सम्बन्धित विभिन्न कार्यमा संलग्न सादा पोशाकका प्रहरीलाई पहिचानसहित खटाउन फ्लोरोसेन्ट ज्याकेट र टोपीको व्यवस्था मिलाएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा अन्तर्गतका मुद्दा चल्ने २१ वटा प्रहरी कार्यालयका घटनास्थलमा खटिने प्रहरी कर्मचारीले सोमबारदेखि फ्लोरोसेन्ट ज्याकेट र टोपी लगाउनेछन् ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मीरा चौधरीका अनुसार प्रदेशभित्रका १० जिल्ला प्रहरी कार्यालय र ११ वटा इलाका प्रहरी कार्यालयका अपराध अनुसन्धान समूहमा कार्यरत प्रहरी कर्मचारीहरुले घटनास्थलको अनुसन्धानमा खटिँदा यो पोशाक लगाउनेछन् ।

अनुसन्धान अधिकृत, सहायक तथा अनुसन्धानमा खटिने अन्य प्रहरी कर्मचारीको छुट्टै पहिचान र कार्य सम्पादनमा एकरुपता ल्याउने उद्देश्यले पोशाक व्यवस्था गरेको चौधरीले बताइन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *