लिपिस्टिकको रंङ छनोटका आधारमा महिलाको खुल्छ चरित्र


महिलाहरू सुन्दर देखिनको लागि हरेक प्रकारको मेकअप गर्ने गर्छन् । मेकअपसँग महिलाहरूको पुरानो सम्बन्ध रहेको छ । अहिलेका महिलाहरू मात्र हैन आज भन्दा सदियौँ अगाडीका महिलाहरू पनि मेकअप गर्ने गर्दथे । धेरै महिलाले घरबाट कतै जान पर्‍यो भने अनिवार्य रूपमा लिपस्टिक लगाउने गर्छन् ।

मेकअपमा लिपस्टिक महिलाहरूको लागि नभए नहुने एक मात्र चिज हो । धेरै महिलाहरूको मेकअपपछिको सौन्दर्यता भनेको नै लिपस्टिक हो । लिपिस्टिकले महिलाहरूको सौन्दर्यतालाई मात्र हैन उनीहरूको चरित्रको राज पनि खुल्ने गर्छ । त्यसैले आज हामी कुन रङको लिपस्टिक लगाउने महिलाको राज के हो भन्ने बारे बताउन गइरहेका छौँ ।

ब्लड रेड : जुन महिला रातो रङ वा ब्लड रेड रङको लिपस्टिक लगाउन मन पराउँछन् त्यस्ता महिलाहरूले धेरै मानिसहरूसँग घुलमिल हुन चाहन्छन् । उनीहरू आफूलाई मानिसहरूको आकर्षक केन्द्र बनाउन चाहन्छन् । उनीहरू आफूमा आत्मविश्वासी पनि रहेका हुन्छन् ।

हाट पिक कलरको : यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू मेहनती हुनुको साथै फुर्तिलो हुने गर्छन् । तर उनीहरू स्वार्थी र घमन्डी हुने गर्छन् । वाइन रेड कलरको : यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू बोल्ड हुन्छन् । उनीहरू आफू तिर मान्छे आकर्षक गर्न पनि खपिस हुने गर्छन् ।

बेबी पिक कलर : यस्तो कलरको लिपस्टिक लगाउन मन पराउने महिलाहरू आफूलाई रङिन र मनोरञ्जनात्मक व्यवहारले मानिसलाई आफूतिर आकर्षण गर्ने गर्छन् । मह रुन कलर : यस्तो कलरको लिपस्टिक लगाउने महिलाहरू निडर स्वभावको हुने गर्छन् । उनीहरू आफ्नो काम परफेक्ट तरिकाले गर्नुपर्छ भन्नेमा विश्वास गर्छन् ।

कोरल कलर : यस्तो महिलाहरू आफ्नो जिम्मेवारी निभाउन र आफ्नो अधिकार लिन पछि हट्दैनन् । उनीहरू अरू महिलाहरूको अगाडी आफू निडर भएर प्रस्तुत हुने गर्छन् । ओरेन्ज कलर : ओ रेन्ज कलरको लिपस्टिक लगाउने महिलाहरू आफ्नो करियरलाई लिएर ज्यादै लगनशील रहेका हुन्छन् । उनीहरूले समाजमा सम्मान पाउने गर्छन् ।

तेस्तै सुन्दरतालाई समय, ठाउँ र सन्दर्भअनुसार फरकफरक रूपले अर्थाइन्छ। कसैका लागि सुन्दरता सुन्दर अनुहार होला, सुन्दर अनुहार पनि कालो, गोरो, गहुँगोरो विभिन्न पर्न सक्छन्। कसैलाई सुन्दरता मन होला, कसैलाई सुन्दरता व्यक्तित्व लाग्न सक्छ अनि कसैलाई आकर्षण र आत्मविश्वास पनि मानिसको सुन्दरता लाग्न सक्छ।

मेरो विचारमा सुन्दरता भनेको भावनात्मक कुरा हो, जसलाई एउटै विशेषण र परिभाषाभित्र सीमित राख्न सकिँदैन। यसका विविध आयाम हुन्छन्। यसलाई विविध आयमबाट व्याख्या एवं विश्लेष्ण गर्नुपर्छ। जस्तो भूगोल, वर्ण, जातजाति, लिंग, वर्ग, सुमदाय संस्कृतिअनुसार सुन्दरताको परिभाषा फरकफरक हुन्छ। जस्तो मंगोल समुदायमा सुन्दरताको परिभाषा आफ्नै किसिमको छ। चिम्सो आँखा, नाक थेप्चो यो समुदायको साझा विशेषता हो। यो समुदायमा यिनै अनुहारभित्रबाट सुन्दरता खोजिन्छ।

त्यसैगरी इन्डो आर्यन समुदायमा ठुल्ठूला आँखा, चुच्चो नाक, सलक्क परेको जीउ र लामो कपाल भएकोलाई सुन्दर मानिन्छ। त्यसैगरी काला र गोरा जातिबीच सुन्दरताको परिभाषा अझ फरक छ। यसरी वर्ण तथा जातजाति, संस्कृतिअनुसार पनि सुन्दरता फरकफरक हुन्छ। फरकफरक संस्कृतिका मानिसले फरकफरक मानिसलाई, फरकफरक अवस्थामा सुन्दर वा कुरूप देख्न सक्छन्। त्यसैले सुन्दरता अथवा सौन्दर्यको कुरा गर्दा विविधताको पक्षबाट पनि बहस गर्न जरुरी छ।

भूगोलले पनि सुन्दरताको परिभाषालाई फरक पार्छ। तराई, हिमाल र पहाडमा बस्ने मानिसबीच पनि सुन्दरताको परिभाषा फरकफरक हुन्छ। हावापानी जस्तो छ, त्यस्तै खालको शारीरिक संरचना र रूपरङले सुन्दरताको परिभाषालाई नै फरक पारिदिन्छ। स्थानीय पर्यावरणअनुसार नै मानिसको रङ, रूप, स्वरूप विकास हुन्छ। तर भइदियो के भने ती प्राकृतिक कुरालाई नजरअन्दाज गरी ‘शृंगार’लाई सुन्दरताको मानक मानियो।

विविधता हराएको सुन्दरता अहिले विशेषगरी कथित सुन्दरी छान्न भनेर बर्सेनि आयोजना हुने मिस नेपाल जस्ता कार्यक्रमले ‘शृंगार’लाई सुन्दरताको परिधिभित्र राख्ने गरेका छन्। स्थानीय पर्यावरणअनुसार नै मानिसको रङ, रूप, स्वरूप विकास हुन्छ। तर भइदियो के भने यी आयोजकले ती प्राकृतिक कुराहरूलाई नजरअन्दाज गरी बनिबनाउ सुन्दरताको मानकलाई जोड दिए।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *