ललितपुरको धोबीघाटमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

ललितपुरको धोबीघाटमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु


८ पुस, काठमाडौं । ललितपुरको धोबीघाटमा मोटरसाइकलले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे घर भई धोबीघाट बस्ने २७ वर्षीय गोपीकृष्ण खनाल रहेको प्रहरीले जनाएको छ ।

पैदल हिँडिरहेका खनाललाई बा ०२०२० प २३६१ नम्बरको मोटरसाइकलले मंगलबार साँझ साढे ६ बजे ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका खनालको गएराति साढे १० बजे स्टार अस्पताल सानेपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक प्रहरी प्रभाग सानेपाको नियन्त्रणमा छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *