रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको ज्यान गयो

रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको ज्यान गयो


३ मंसिर, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको कोरोना अस्पताल विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना भएका उनको बुधबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा अधिक तौल (एक सय केजी) को समस्या रहेको डा. गौतमले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *