राष्ट्र बैंकमा कार्यरत महिला कर्मचारी पक्राउ

राष्ट्र बैंकमा कार्यरत महिला कर्मचारी पक्राउ


२२ चैत, काठमाडौं। नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् ।

बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख  एसएसपी अशोक सिंहले बताए ।

‘उहाँले जेष्ठ नागरिकको सम्पत्ति हिनामिना गरेको भन्‍दै सरकारी  वकिलको कार्यालयमा जाहेरी परेको रहेछ’ परिसरका एक अधिकारीले भने, ‘अदालतबाट पक्राउ पुर्जी आइसकेको अवस्थामा उहाँलाई पक्राउ गरिएको हो ।’



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *