राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय त्रिभुवन चोकका कर्मचारी विरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । कर्मचारी र धितो मूल्याङ्कनकर्ता समेतको मिलेमतोमा सरकारी कागज किर्ते बनाई ऋण प्रवाह गरी भ्रष्टाचार गरेको भन्ने उजुरीमा अनुसन्धान गरेको अख्तियारले किर्ते कागजहरुको आधारमा किर्ते धितो मूल्याङ्कन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उक्त कागजातहरु राष्ट्रिय बाणिज्य बैक त्रिभुवनचोक शाखामा पेश गरी कर्जा लिने कार्य गरी गैरकानूनी लाभ वा हानी पु¥याउने, सरकारी कागज किर्ते गर्ने, गलत लिखत र प्रतिवेदन तयार गरी सरकारी सम्पत्तिको हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि हुन आएको जानकारी दिई अख्तियारले सजायको मागदाबी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
The put up राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोकका कर्मचारी उपर भ्रष्टाचार मुद्दा appeared first on Nepalgunj News.