रामायण र महाभारत सुन्दै हुर्किएका थिए ओबामा


एजेन्सी । भखैरै सम्पन्न अमेरिकाको निर्वाचनमा निर्वाचित बनेका वाडेनलाई अमेरिकाका ४४ औं राष्ट्रपति ओबामाको छाँया भनिएको छ । उनको साथ र समर्थनमा नै वाइडेन निर्वाचित भएको बताइएको छ । ओवामाले हालै आफ्नो संस्मरण सार्वजनिक गरेका छन् । उनले आफ्नो संस्मरणमा हिन्दु धर्म र धर्मग्रन्थका बारेमा उल्लेख गरेका छन् । मंगलवारवाट पुस्तक पसलहरुमा उपलब्ध पुस्तकमा हिन्दु धर्म र धर्मग्रन्थका धेरै कुरा उल्लेख छ ।

उनले भारतीय संस्कृतिका बारेमा पुस्तकमा उल्लेख गरेका छन् । पूर्व राष्ट्रपति ओबामाले बाल्यकालमा रामायण र महाभारतका कथा सुन्दै हुर्किएको बताएका छन् । आफ्नो कलेज अध्ययन गर्दा भारतीय साथीहरु रहेको र उनीहरुबाट संस्कृतीका बारेमा जानकारी पाएको जनाएका छन् । आफ्नो नयाँ संस्मरणमा उनले इन्डोनेशियामा रामायण र महाभारतका कथा सुन्दै हुुर्किएको जनाएका छन् । त्यसैले पनि हिन्दु धर्मग्रन्थ र संस्कृतिका बारेमा विशेष चासो र रुची रहेको उनको भनाई छ ।

भारतीय संस्कृतिले आफुलाई आकर्षीृत गरेको ओवामाले पुस्तकमा लेखेका छन् । विश्वको १ अर्ब जनसंख्या बसोबास गर्ने भएकाले पक्कै पनि यो ठूलो हुनसक्छ, जहाँ झन्डै २ हजार फरक जातिय समूह बस्छन् र ७ सयभन्दा धेरै भाषा बोलिन्छ,’ भारतबारेको बाल्यकालको आफ्नो कल्पनालाई ओबामाले नयाँ पुुस्तक ‘द प्रोमिस्ड ल्यान्ड’ मा यसरी उतारेका छन् ।

२०१० मा राष्ट्रपतिय भ्रमणका एक पटक भारत आएका ओवामाले त्यस पछि भारतको भ्रमण गरेका छैनन् । तर पनि इन्डोनेशियामा हुर्कदै गर्दा देखेको र पढेका कारण रामायण र महाभारतका धेरै कुरा आफुलाई थाहा भएको उनको भनाई छ । सोही धर्म ग्रन्थका कारण भारत प्रति आफ्नो विशेष स्थान रहेको पनि उनले बताएका छन् ।

‘यसकारण हुनसक्छ किनकी मैले आफ्नो बाल्यकाल इन्डोनेशियामा बिताए, जहाँ महाभारत र रामायणका हिन्दुु कथाहरु सुन्थें र यो कारण पनि हुनसक्छ किनकी मलाई पूर्वीय धर्ममा रुची छ । वा यसकारण पनि किनकि कलेजमा मलाई पाकिस्तानी र भारतीय साथीभाईहरुको समूहले दाल र किम पकाउन सिकाएका थिए र उनीहरुले नै मलाई बलिउड फिल्म हेर्न सिकाएका थिए,’ ओबामाले लेखेका छन् । उनले यस पुस्तकमा सामान्य व्यक्तिदेखि विश्वकै शक्तिशाली राष्ट्रको कार्यकारी प्रमुख बन्दासम्मका अनुुभव उतारेका छन् ।



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *