आफ्ना सन्तान जस्तो भएपनि आमाबुवाका लागि प्यारा हुन्छन् । उनीहरुलाई त्या’ग गर्ने विषयमा आमाबुवाले कल्पना पनि गर्न सक्दैनन् । तर संसारमा यस्ता ब्यक्ति पनि हुन्छन् जसले अ’पत्या’रीलो काम गर्छन । क्यानाडामा बस्ने जो’नो ल्या’न्कास्टरले त्यस्तै अवस्थाको सा’मना गर्नुपरेको थियो । उनी जन्मदा सामान्य थिएनन् त्यसैले आमाबुवाले उनलाई त्या’ग गरिदिए ।
उनमा बाल्यावस्थादेखि नै एउटा एकदमै दु’र्लभ आ’नु’वंशि’क वि’कार छ, जसको कारण उनको अनुहारको अवस्था एकदम अ’सामा’न्य छ। यस्तो अवस्थामा जन्मिएका उनलाई बुवाआमाले जन्मिएको ३६ घण्टामै छोरा अरुलाई ध’र्मपुत्रको रुपमा दिने निर्णय गरे ।
जब जोनोको जन्म भयो, उनको ट्रे’चर को’लिन्स नामको स’मस्या थियो। यो दुर्लभ आ’नुवं’शि’क अवस्थाको कारण, उनको गा’लाका ह’ड्डीहरू छै’नन् । यस समस्यालाई समाधान गर्न उनले धेरै श’ल्यकृया गरेका छन् । उनले धेरै पटक अरुवाट हाँसोको पात्र बने तर पनि उनले हि’म्मत हा’रेनन् ।
जोनको जीवन परिवर्तन हुन थाल्यो जब उनले रि’फ्ले’क्स बारमा काम पाए। यो काम पछि, उनको आत्मविश्वास बढ्यो र त्यसपछि उनले फिटनेसको क्षेत्रमा आफूलाई परिचित बनाए। जोनो स्वीकार्छन् कि उनी सँधै लजालु स्वभावको थिए तर जब उनले आफ्ना अनुभवहरू मानिसहरूलाई बाँ’ड्न शुरू गरे, उनी पनि सा’हसी भए। यस्तो अवस्थामा, उनी विगत धेरै वर्षदेखि विश्वभरका विद्यालयहरूमा घुम्दै छन् । आ’नुवं’शिक ग’डब’डीका कारण समस्या भो’गेकाहरुलाई प्रो’त्सा’हित गर्दै छन् ।
आफुलाई परिवर्तन गर्न जोनलाई पनि २२ वर्ष लाग्यो । उनले पहिला आफ्नै अनुहारलाई घृ’णा ग’र्थे। शा’री’रि’क र आर्थिक रूपमा सुधार भएपछि जोनोले टेलिभिजनमा पनि काम गर्न थाले र आज उनले आफ्नै जग बलियो बनाएका छन् । जोनो भन्छन् कि योग र ध्यानले उनलाई धेरै तहमा मद्दत गरेको छ।






यो पनि : राजकुमार ह्यारी र मेघन सामाजिक सञ्जालबाट टाढिँदै, यस्तो छ कारण
मोडलबेलायतका राजकुमार ह्यारी र उनका पत्नी मेघन मार्कलले सामाजिक सञ्जालबाट टाढा रहने निर्णय गरेका छन्। सामाजिक सञ्जालमा धेरै घृणा सहनु परेको कारण राजकुमार ह्यारी र मेघन मार्कलले ट्विटर, इन्स्टाग्राम, फेसबुक बन्द गर्ने निर्णय गरेको टाइम्स अफ लन्डनले बताएको छ।
ह्यारी र मेघन दुवैले इन्स्टाग्राममा ‘सस्सेक्स रोयल’ नामक अकाउन्ट चलाउँथे। सो अकाउन्टमा यी दुईले आफ्नो संस्था ‘आर्चवेल फाउन्डेसन’को कामबारे जानकारी लिने काम पनि गर्थे। तर, एक वर्षदेखि सो अकाउन्टमा कुनै पोस्ट गरिएको छैन। यसबाहेक यी दुईको आफ्नै आधिकारिक इन्स्टाग्राम अकाउन्ट पनि थियो।
गत वर्ष मार्चमा ह्यारी र मेघनले सस्सेक्स रोयल अकाउन्टमा आफ्नो अन्तिम पोस्ट गरेका थिए। जसमा यी दुई शाही परिवारका वरिष्ठ सदस्यका रुपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए।
अहिले यी दुईले आफ्ना सबै आधिकारिक अकाउन्ट बन्द गरेका छन् र सामाजिक सञ्जालमा चाँडै फर्किहाल्ने सुरसार देखाएका छैनन्। ह्यारी र मेघनले अनलाइनमा सामना गर्नुपरेको हेला र घृणाको कारण यस्तो निर्णय लिएको कस्मोपोलिटनको भनाइ छ। गत वर्ष अक्टोबरमा एक अन्तर्वार्तामा मेघन मार्कलले आफूले भोगेको साइबर बुलिङको अनुभव बताएकी थिइन्।
‘सन् २०१९ मा म विश्वकै सबैभन्दा बढी ट्रोल गरिएको व्यक्ति म नै थिएँ,’ मेघनले अन्तर्वार्तामा भनेकी थिइन्, ‘त्यसपछि आफ्नो बच्चाको लागि म करिब आठ महिना जति गायब भएँ, तर पनि मेरोबारे आउने नराम्रा कुरा रोकिएको थिएन। व्यक्ति पन्ध्र वर्षको होस् वा पच्चीस, यदि कसैले आफ्नोबारे झूठा कुरा गर्छन् भने त्यसले मानसिक र भावनात्मक स्वास्थ्यमा हानी पुर्याउछ।’
एक वर्षअघि राजकुमार ह्यारीले अनलाइन बुलिङका कारण आफ्नो श्रीमतीले भोग्नुपरेको कष्टबारे बोलेका थिए। उनले त्यस्तो गतिविधि अन्त्य गरिदिन आग्रह पनि गरेका थिए।