यी ५ वटा तरिकाले नित्य पुजा गर्यो भने लक्ष्मीलाई खुसी पारेर छिट्टै धनि बन्न सकिन्छ।

जिन्दगीमा पर्याप्त पैसा कमाएर धनी बन्ने सबैको चाहना हुन्छ ।धन कमाउनका लागि हामि विदेश जान्छौँ। पैसा कमाउने, धन सम्पत्ती जोड्ने, मोजमस्ती गर्ने र आफ्नो सन्ततीका लागि समेत धन जोहो गर्ने सबैको चाहना हो तर यो चाहना सबैको पुरा हुदैन । धनी बन्न मिहिनेत त गर्नुपर्छ नै तर कतिपय अबस्थामा मरि मेटेर मिहिनेत गर्दा पनि समयले साथ् दिदैन र धनी बन्न चुक्छौ ।

यदि तपाईलाई यस्तै भएको छ भने यी कुराहरु ख्याल गर्नुहोस् ।

१. सूर्य उदाउनु अघि नै बिस्ताराबाट उठ्नुहोस् किनकी धनकी देवी लक्ष्मीले ढिला सम्म सुत्ने व्यक्ति मन पराउदैन । त्यस्तै साँझ सूर्य अस्ताउने बेला सुत्ने व्यक्तिलाई पनि राम्रो मानिदैन ।

 

 

२. जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् । त्यसैले घर आगन कोठा कपडा सबै सफा सुग्घर राख्न जरुरी छ ।

३. बिहान र बेलुका घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।

४. साधु-सन्त वा घरको ठूलो मानिसको अपमान कहिल्यै गर्न हुन्न । त्यस्तो मान्छेलाई लक्ष्मीले मन पराउदैनन ।

५. बिना कारण रिसाउने, सानातिना कुरामा रिसाईरहने, झगडा गरिरहने यस्तो बानी छ भने पनि त्यागि हाल्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *