काठमान्डौ : विश्व’चर्चित रेस्लर तथा डब्लू डब्लूईका च्याम्पियन जोन सेनाले शाए शारियात जादेसँग विवाह गरेका छन् । शाएसँग उनी केही वर्षदेखि प्रेममा थिए । गत फेब्रुअरीमा इंगेजमेन्ट गरेका उनीहरुले २०२० अक्टोबर १२ मा फ्लोरिडामा विवाह गरेका हुन् ।जोनले भने विवाह सम्पन्न भएपछि सामाजिक सञ्जाल मार्फत खुसी व्यक्त गरेका छन् ।अभिनेता समेत बनेका ४३ वर्षीय सेना यसअघि २००९ देखि २०१२ सम्म एलिजाबेथ हुबर्देउसँग वैवाहिक सम्बन्धमा थिए र त्यसपछि ६ वर्षसम्म अर्थात् २०१८ सम्म सेलिब्रिटी निकी बेलासँग सम्बन्धमा थिए ।
तर निकी बेलासँग उनको परम्परागत वैवाहिक सम्बन्ध रहेन ।सेना र निकीले इंगेजमेन्ट भने गरेको र सम्बन्ध बिच्छेद पनि भएको बताइन्छ ।अन्तर्राष्ट्रिय मिडियाका अनुसार जोन सेनासँग हालै विवाह गरेकी शारियातजादे इरानी मूलकी क्यानेडियन युवती हुन् । गत अप्रिलमा मात्रै उनले युनिभर्सिटी अफ ब्रिटिश कोलम्बियाबाट इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अन्तर्गत इन्जिनियरिङको डिग्री सर्टिफिकेट लिएकी थिइन् ।
हेर्नुहोस तस्बिरहरु:



