यस्ता छन् हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारण


१.नमस्कारको चलन

हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ ।

तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औंलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन् ।

ती सबैलाई एकैचोटि दबाउँदा चाप विन्दुहरू सक्रिय हुन्छन् जसका कारण हामीले अभिवादन गरिएको व्यक्तिलाई लामो समयसम्म सम्झन मद्दत पुग्छ । अनि कुनै शारीरिक सम्पर्क नभएकाले कीटाणु सर्ने पनि भएन ।

२. महिलाले गोडाका औंलामा औंठी लगाउने चलन

भारतीय हिन्दु महिलाहरूले आफ्नो गोडाको औंलामा औंठी लगाउने गर्छन् । यो विवाहिता महिलाको विशेषता मात्र नभएर यसका पछाडि वैज्ञानिक कारण पनि छ ।

सामान्यतया औंलाका औंठी दोस्रो औंलामा लगाइन्छ । दोस्रो औंलामा रहेको एक विशेष नसाले गर्भाशयलाई जोड्छ र त्यो मुटुमा पुग्छ ।

यो औंलामा औंठी लगाउँदा गर्भाशय मजबुत हुन्छ । यसले रक्तप्रवाहलाई नियमित गरेर स्वस्थ बनाउँछ र महिनावारीलाई नियमित बनाउँछ । यो औंठी चाँदीको हुने हुनाले यसले पृथिवीबाट ध्रुवीय ऊर्जालाई सोस्छ र शरीरमा पठाउँछ ।

३. नदीमा सिक्का फाल्ने चलन

नदीमा सिक्का फाल्दा सौभाग्य प्राप्त हुन्छ भन्ने कारण प्रायः दिइन्छ । तर वैज्ञानिक तवरले भन्नुपर्दा प्राचीन समयमा प्रयोग गरिने अधिकांश मुद्राहरू तामाबाट बनेका हुन्थे, अहिलेको जस्तो स्टिलबाट हैन । तामा मानव शरीरका लागि अत्यन्त उपयोगी धातु हो ।

पहिले नदी मात्र जलको स्रोत भएकाले पानी पिउँदा हाम्रो शरीरले पर्याप्त मात्रामा तामा पनि लिन सकोस् भनी सुनिश्चित गर्नका लागि हाम्रा पुर्खाले तामा फाल्न लगाएका हुन् । यो अभ्यास पालन गरून् भनी सुनिश्चित गर्नका लागि यसलाई परम्परा नै बनाइएको हो ।

The put up यस्ता छन् हिन्दु संस्कारभित्र लुकेका १० वैज्ञानिक कारण appeared first on The Buddha Khabar.



Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *